१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

राष्ट्रियसभा गठन विषयमा मिल्न दलहरुलाई राष्ट्रपतिको आग्रह

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा गठनका लागि दलहरुबीच सहमति र सहकार्य जरुरी रहेको बताएकी छन्। 

राष्ट्रपति कार्यालय, शीतल निवासमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र सहअध्यक्ष राजेन्द्र श्रेष्ठसँगको भेटमा उनले संविधान र कानूनअनुसार राष्ट्रियसभाको निर्वाचन गर्नका लागि दलहरु मिलेर जानका लागि आह्वान गरिन्।

'राष्ट्रियसभाको निर्वाचनका लागि दलहरु मिल्नुको विकल्प छैन,' राष्ट्रपतिलाई उद्धृत गर्दै राष्ट्रपति कार्यालयका सञ्चारविज्ञ माधव शर्माले भने। 

राष्ट्रियसभा गठन गर्न बहुमतीय कि एकल संक्रमणीय निर्वाचन प्रणाली अपनाउने भन्ने विषयमा दलबीच सहमति हुन सकेको छैन। राष्ट्रपति भण्डारीले प्रधानमन्त्री देउवासहित नेपाली कांग्रेसका शीर्ष नेतासँग पनि शुक्रबार छलफल गरेकी थिइन्।

प्रकाशित: ९ पुस २०७४ ०७:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App