१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

ऋण असुली न्यायाधीकरणका तत्कालीन उपसचिव ढुङ्गानाविरुद्ध अख्तियारको मुद्दा

काठमाडौँ-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ऋण असुली न्यायाधीकरणका तत्कालीन उपसचिव इन्द्रप्रसाद ढुङ्गानाले गैरकानुनी रुपमा रु एक करोड ९६ लाख ८२ हजार २५४ भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।

आयोगले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएअनुसार ढुङ्गेल ऋण असुली अधिकृतका रुपमा रहँदा गैरकानुनी रुपमा भ्रष्टाचार गरी रकम कमाएको र पदीय हैसियत नमिल्दो उच्च जीवनस्तरयापन गरेको पाइएको अनुसन्धानका क्रममा खुलेको उल्लेख गरिएको छ।

आयोगले ढुङ्गाना तथा निजकी श्रीमती कौशिला ढुङ्गानाका नाममा रहेको स्रोत नखुलेका चल अचल सम्पत्तिसमेत जफत गर्न माग दाबी गर्दै मुद्दा दायर गरिएको जनाएको छ । रासस

 

प्रकाशित: २३ श्रावण २०७३ १२:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App