२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

विद्यार्थी फ्रन्टद्वारा शैक्षिक सामाग्री वितरण

सिराहा–स्थापनाको आठौं वर्षको उपलक्ष्यमा तराई मधेस विद्यार्थी फ्रन्ट सिराहाले सगरमाथा अनाथालयमा शैक्षिक सामाग्री वितरण गरेको छ। सात जना अथान बालबालिका रहेको सो अनाथालयमा विद्यार्थी फ्रन्ट सिराहाले शैक्षिक सामाग्री तथा फलफूल वितरण गरेको हो। सो अवसरमा फ्रन्टका पूर्व अध्यक्ष एवं तमलोपा केन्द्रीय सदस्य सुरेश मण्डलले मधेसी मोर्चाको सहयोगमा बनेको नयाँ सरकारले मधेसको माग पूरा गर्ने विश्वास व्यक्त गरे।

उनले सरकारले शुक्रबार गरेको निर्णयले मधेसी जनतामा आशाको संचार बढेको भन्दै  सरकार बाहिरै बसेर मधेसको माग पूरा गर्न दबाब दिनुपर्ने बताए। पहिचनाका मुद्दामा माओवादी पहिलादेखिनै सकारात्मक भएको भन्दै मण्डलले सीमाकंनलगायतमा मुद्दापनि सम्बोधन हुने बताए। उनले आफूहरुको माग पूरा नभए पुन आन्दोलन गर्ने बताए।

 

प्रकाशित: २२ श्रावण २०७३ ०८:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App