७ वैशाख २०८१ शुक्रबार
राजनीति

दायाँबायाँ श्रीमती राखेर एमालेका नारदमुनीले भने 'सबै बाचा पुरा गर्छुु'

दायाँ बाँया श्रीमतीहरुका साथमा नवनिर्वाचित नारदमुनी राना ।

काठमाडौ– कैलाली क्षेत्र नं ५ वाट प्रतिनिधि सभामा विजयी भएपछि बाम गठवन्धन (एमाले)का उम्मेदवार नागरदमुनी रानाले दुइटै श्रीमतीलाई दायाँबायाँ राखेर चुनावको वेला गरेका बाचा पुरा गर्ने बताएका छन् । 
चुनाव जितेपछि प्रतिक्रिया दिंदै नारदमुनी रानाले संविधान कार्यान्वयन र मुलुकको विकासमा प्रतिवद्ध भएर लाग्ने बताए । श्रीमानले चुनाव जितेको बधाई दिन नारदमुनी रानाका श्रीमतीहरु मतदान अधिकृतको कार्यालय पुगेका थिए । दुईटी श्रीमती भएकाले कस्ले पहिले टिका र माला लगाउने भन्ने होडबाजी समेत भएको थियो । यद्यपी जेठी श्रीमतीले पहिले माला लगाईदिएकी थिईन् । 
नारदमुनी रानाले ४८ सय ८० मत अन्तरसहित प्रधानमन्त्री पत्नी डा. आरजु राणा देउवालाई पराजित गरेका हुन् । वाम गठवन्धनका रानाले २७ हजार २ सय २ मत प्राप्त गरे भने कांग्रेस उम्मेदवार राणाले २२ हजार ३ सय २२ मत प्राप्त गरिन् । कैलाली क्षेत्र नं ५ मा ६१ हजार मत खसेको थियो । स्थानीय तह निर्वाचनमा यो क्षेत्रमा रहेको प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीमा नेपाली कांग्रेसले जितेको थियो । धनगढी उपमहानागरपालिका ८ का स्थानीय समेत रहेका नारदमुनी राना २०६४ सालमा नेकपा एमालेको तर्फबाट समानुपतिक तर्फका सभासद थिए । रातो पासपोर्ट दुरुपयाेग गरेको आरोप लागेका रानालाई पछि अदालतले सफाई दिएको थियो । 

 

प्रकाशित: २४ मंसिर २०७४ ११:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App