१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

धनकुटामा राई विजयी

धनकुटा – एक प्रतिनिधिसभा रहेको धनकुटामा वाम गठबन्धनका उम्मेदवार राजेन्द्र राईले १० हजार ४५९ मतान्तरले लोकतान्त्रिक गठबन्धनका सुनीलबहादुर थापालाई पराजित गरेका छन्। 

विजयी भएका राईले ३७ हजार ३३३ मत पाए। उनका निकटतम प्रतिद्वन्द्वी थापाले २६ हजार ८५९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोख्रेलले बताए। 

जिल्लाको कूल एक लाख पाँच हजार मतमध्ये ६७ हजार ४०३ खसेको मुख्य निर्वाचन आयोगको कार्यालय धनकुटाले जनाएको छ। 

प्रकाशित: २४ मंसिर २०७४ ०३:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App