२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

जनताको प्रतिनिधि शासक हैन, सेवक बन्नुपर्छ: डा. भट्टराई

गोरखा-  पूर्व प्रधानमन्त्री समेत रहेका नयाँ शक्तिका संयोजक डाक्टर बाबुराम भट्टराईले तेस्रो पटक पनि गृहजिल्ला गोरखाबाट निर्वाचन जितेका छन्। प्रतिनिधि सभा निर्वाचनमा उनले प्रतिद्धन्द्धी माओवादी केन्द्रका नेता पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलाई छ हजार आठ सय ७४ मतान्तरले पराजित गरेका हुन्। ६० हजार एक सय १७ मत खसेको यहाँ भट्टराईले ३१ हजार आठ सय सात र श्रेष्ठले २४ हजार नौ सय ३३ मत प्राप्त गरेका छन् । दुई हजार छ सय ३८ मत बदर भएको छ ।

बिजयीहुने पक्कापक्की भएपछि भट्टराई शनिवार साँझ गोरखा आएका थिए । आँबुखैरेनी देखि मोटरसाईक र्‍याली गर्दै कार्यकर्ता र शुभेच्छुकले उनलाई गोरखा सदरमुकाम सम्म नाराजुलुस गर्दै ल्याएका थिए । शनिवार साँझ बिजयीको प्रमाणपत्र बुझ्रदै उनले भने ‘जनताको प्रतिनिधि भएपछि जनताको शासक हैन सेवक  बन्नुपर्छ ।’ जनतालाई सेवक भएर काम गर्ने भाबना बिजयी प्रतिनिधिसँग हुनुपर्ने उनले बताए। लोकतान्त्रीक मूल्य र मान्यता अनुरुप शान्ति स्थिरता र शुसासनको परिकल्पना देशले गरेकाले सोही अनुसार अगाडी बढ्नुपर्ने धारण उनले राखे। जीत सँगै भट्टराई आफु निकै गौरबान्बित भएको प्रतिक्रिया दिए ।

शिर्ष नेताबीच चुनावी टक्कर हुने भएपछि चौतर्फी चर्चा र चासो बनेको गोरखा २ मा अन्तत नारायणकाजी श्रेष्ठले पराजय बेहोर्नुपर्‍यो। गृह जिल्लाको गृह क्षेत्रबाट निर्वाचन जित्ने दाउमा श्रेष्ठ पनि थिए । माओवादी पार्टीमा कुनैबेला यी दुई समान हैसियतमा समेत रहेर काम गरेका थिए । बलियो सँगठन, एमाले सँगको तालमेललाई जित्ने आधार ठानेका उनलाई भट्टराईको सहानुभुती मत र नेपाली कांग्रेसको समर्थन सँग उपाए लागेन । कांग्रेसको समेत केही मत लिएर जित्ने दाउमा रहेका उनलाई अपेक्षा अनुसार परिणाम हात लाग्न सकेन।

प्रतिनीधि सभा निर्वाचनमा गोरखा २ बाट बिजयी बनेका भट्टराई यस अघि २०६४ को निर्वाचनमा माओवादीबाट उमेद्धवार हुँदा सर्वाधिक मत ल्याएर गोरखा २ बाटै बिजयी भएका थिए । त्यसपछि २०७० सालको निर्वाचनमा पुन भट्टराई गोरखा १ बाट बिजयी भए । यसअघिका निर्वाचनमा तीन क्षेत्र रहेको गोरखाम अहिले दूईवटा क्षेत्र हुँदा भट्टराई २ बाट दोस्रो पटक बिजयी बने । पहिलो पटक बिजयी हुँदा भट्टराईले सर्वाधिक फराकिलो मतान्तरमा प्रतिसप्रर्धीलाई पराजित गरेका थिए । त्यतीबेला उनी अर्थमन्त्री हुँदै प्रधानमन्त्री समेत बनेका थिए।

अर्थमन्त्री र प्रधानमन्त्री हुँदा गोरखा जिल्ला र त्यसमा पनि क्षेत्र नम्बर २ मा उनी धेरै केन्द्रित भएको देखिन्थ्यो । प्रधानमन्त्री हुँदा उनी हरेक महिनामा गृह जिल्ला आउँथे । पदमा रहँदा र नरहँदा पनि गृहजिल्ला सँग निकट रहेका उनको आउजाउले जिल्लाबासीको ‘सेन्टीमेन्ट’ यो निर्वाचनमा पनि लिएको विश्लेषण गरिन्छ । सरल, मिजासिला र सालिन नेताका रुपमा चिनिएका उनले दोस्रो संविधान सभा निर्वाचनमा माओवादी छाडेर नयाँ पार्टी स्थापना गर्दा गोरखा १ को सांसदबाट राजिनामा दिएका कारण जिल्लाबासीले दुः ख ब्यक्त गरेका थिए।

एमाले र माओवादी केन्द्र बिचको गठबन्धन हुँदा बाम गठबन्धमा सहभागी भएका उनी गोरखा २ बाट उमेद्धवारी दर्ता गर्न नदिएकै कारण कांग्रेस सँग गठबन्धन गर्न पुगेका थिए । २ मा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठले अड्डी कसेपछि भट्टराईले बाम गठबन्धनको साथ छाडेका थिए । अन्ततः उनले कांग्रेस सँग गठबन्धन गरेकै कारण गोरखाको २ र सोही क्षेत्रको प्रदेश क मा पनि नयाँ शक्तिका उमेद्धवार हरिशरण आचार्यलाई बिजयी गराउन सफल भए ।  यो सँगै नयाँ शक्तिले एउटा प्रतिनीधि सभा र एक प्रदेश सभा निर्वाचनमा बिजयी भएको छ ।

प्रकाशित: २३ मंसिर २०७४ १६:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App