१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

दाङमा दीपक गिरी बाहेक कांग्रेसका सबै उम्मेदवार पछाडि

दाङ-  एक प्रतिनिधिसभा सदस्यका उम्मेदवार बाहेक दाङका सबै क्षेत्रमा बामगठवन्धनका उम्मेदवारहरुले अग्रता लिएका छन्। तीन निर्वाचन क्षेत्र रहेको दाङमा क्षेत्र नम्बर ३ का प्रतिनीधिसभा सदस्य उम्मेदवार कांग्रेसका दीपक गिरी मात्रै अगाडी छन्। अन्य प्रदेश तथथा प्रतिनीधिसभा सदस्यका सबै उम्मेदवाहरुलाई बामगठवन्धनले पछि पारेको छ । कांग्रेसका गिरी ८ सय ७ मतका साथ अग्रता लिएका छन् भने एमालेका हिरा चन्द्र केसीले ७ सय ६८ मतका साथ पछ्याईरहेका छन्।

क्षेत्र नम्बर २ मा प्रतिनीधि सभा सदस्य उम्मेदवार माओवादी नेता कृष्णवहादुर महरा १ हजार ५ सय ८२ मतका साथ अग्रस्थानमा छन् । उनका प्रतिष्पर्धी कांग्रेसका  राजु खनालले एक हजार ७३ मत प्राप्त गरेका छन् । यसैगरि क्षेत्र नम्बर १ मा प्रतिनिधि सभाका लागि एमालेका मेटमणी चौधरी ७ सय ४३ मतका साथ अग्रस्थानमा छन् भने कांग्रेसका सुशीला चौधरी ४ सय ९० मतका साथ मेटमणीलाई पछ्याईरहेकी छिन् । यसैगरी प्रदेशसभा तर्फ भने बामगठवन्धनका सबै उम्मेदवारहरु अग्रस्थानमा छन् ।

 

 

प्रकाशित: २२ मंसिर २०७४ ०९:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App