१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एउटै केन्द्रबाट तीन नेताको मतदान

मंगलबारे– मतदान गरेपछि एमाले नेता तथा पूर्वसभामुख सुवास नेम्वाङले निर्वाचनसँगै मुलुकमा नयाँ संविधान लागु भएको बताए। 

इलाम नगरपालिका–७ को बालमन्दिर आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान गरेपछि नेम्वाङले भने, “आजदेखि संविधान लागु भएको छ । यसका लागि निर्वाचन फलदायी भएको छ।” 

यस्तै नेपाली कांग्रेसका नेता तथा पूर्व भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री केशव थापाले पनि सोही केन्द्रबाट मतदान गरे। मतदानपछि थापाले यो निर्वाचनले लोकतन्त्रलाई संस्थागत गर्न सहयोग पुगेको बताए। 

यसै केन्द्रबाट नेपाली कांग्रेसका पूर्व महामन्त्री केबी गुरुङले पनि मतदान गरे। 

प्रकाशित: २१ मंसिर २०७४ ०८:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App