६ वैशाख २०८१ बिहीबार
कला

नीलहिराले समलिंगी हेन्डसम छान्दै

काठमाडौं- नीलहिरा समाजको  आयोजनामा ‘मिस्टर गे हेन्डसम २०१७’ हुने भएको छ । प्रतियोगिता आउँदो डिसेम्बर २१ अर्थात् पुस ६ मा काठमाडौंमा हुने लागेको नीलहिरा समाजका विश्वराज अधिकारीले जानकारी दिएका छन् । प्रतियोगिताको यो दोस्रो संस्करण हो । प्रतियोगिताको पहिलो संस्करण २०१३ मा आयोजना गरिएको थियो तर आन्तरिक समस्याका कारण यसले निरन्तरता पाउन सकेको थिएन । पहिलो संस्करण विश्वराज अधिकारीले जितेका थिए । अधिकारीले ३५ जना प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि चुमेका थिए ।  
कार्यक्रमले गे हेन्डसम मात्र नछानेर समाजमा उनीहरूको स्वीकार्यता पनि बढाउन सहयोग गर्ने अधिकारीले बताए । उनले भने, ‘शारीरिक मात्र नभएर मानसिक र अरु प्रतिभा पनि हेरेर विजेता छानिन्छ । यो दौरानमा प्रतियोगीले बेग्लै आत्मविश्वास प्राप्त गर्न सक्छन् ।’
प्रतियोगिता पहिचानका हिसाबले पनि महत्वपूर्ण रहने उनले दाबी गरे । लुकेर बस्दा विगतमा आफूलाई मनोवैज्ञानिक समस्या रहेको स्मरण गर्दै अधिकारीले लुकेर बसेका युवाहरूलाई यही अवसरमा सार्वजनिक हुन र प्रतियोगितामा भाग लिन आह्वान गरे । ‘जति लुकाउन प्रयास गरेपनि असामान्य व्यवहार देखेर गिजिएर बस्नुभन्दा अघि बढेर पहिचान दिनु राम्रो हो,’ उनले भने ।  

प्रतियोगितामा प्रतिस्पर्धीको प्रतिभा र समाजको लागि गर्न सक्ने योगदान र समलिंगीको अधिकार दिलाउन खेल्न सक्ने भूमिकालाई मापदण्ड बनाइ विजेता छानिन्छ । ‘गे ह्यान्डसमले नेपालका एलजिविटीआई समुदायलाई सहज अवस्था निर्माण गर्न र नेपालको नाम चिनाउन भूमिका निर्वाह गर्ने छन् ’ अधिकारीले भने, ‘समान अधिकारको पाउनका लागि पनि मिस्टर गे ह्यान्डसमको भूमिका रहने छ ।’ नेपाल संविधानमा एलजिवीटीआईका अधिकार सुरक्षित गर्ने पहिलो मुलुक हो । नीलहिरा समाजले ‘मिस पिंकी’को भने नियमित आयोजना गर्दै आएको छ । सन् २००४देखि आयोजना गर्दै आएको प्रतियोगिताको पछिल्लो संस्करणकी विजेता एनी लामा हुन् ।

 

प्रकाशित: १९ मंसिर २०७४ ०४:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App