१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

किसानलाई मल देउ

काठमाडौँ (रासस)- किसानसंग सम्बन्धित विभिन्न महासंघले अन्नबाली र तरकारी रोप्ने समयमा रासायनिक मलको अभाव भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
महासंघले आज जारी गरेको विज्ञप्तिमा मुख्य हिउँदे खाद्यान्न र मौसमी तथा बेमौसमी तरकारी रोप्ने समयमा रासायनिक मल, प्रागारिक मल र गहुँ तथा तोरीको बीउको कृतिम अभाव सिर्जना गरी किसानलाई पीडा दिइएको उल्लेख छ।
अखिल नेपाल किसान महासंघसहित, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल किसान संघ, नेपाल किसान फेडेरेसन र अखिल नेपाल प्रगतिशील किसान संघले सो संयुक्त विज्ञप्ति जारी गरेका हुन्।

 

प्रकाशित: १३ मंसिर २०७४ ०९:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App