१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

को को बन्दैछन् माओवादी केन्द्रबाट मन्त्री ?

काठमाडौं–माओवादी केन्द्रले आफ्नो दलबाट सरकारमा पठाउने मन्त्रीको विषयमा छलफल थालेको छ। बिहीबार विहान बसेको हेडक्वाटर बैठकमा सरकारमा सहभागी हुने मन्त्रीको नाममा छलफल गरेको हो। पहिलो चरणमा माओवादीबाट कृष्णबहादुर महरा, जनार्दन शर्मा र राम कार्कीलाई मन्त्री बनाउने विषयमा छलफल भएको स्रोतले जनाएको छ।

स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले शपथ लिएसँगै कृष्णबहादुर महरालाई मन्त्री बनाउने निश्चित भएको छ। महरालाई अर्थमन्त्रालयको जिम्मेवारी दिने तयारी छ। ‘उहाँको नाममा सहमति जुटेजस्तै भएको छ,’ बैठकमा सहभागी एक नेताले भने,‘बाँकी नामका विषयमा पनि छलफल भएको छ, तर टुंगोमा पुगिएको छैन।’ महरासँगै जनार्दन शर्मा र राम कार्कीलाई मन्त्री बनाउने विषयमा माओवादीभित्र विवाद छैन ।

तर, पहिलो चरणमा तीनैजनालाई मन्त्री बनाउँदा समावेशी नहुने भन्दै सदस्यहरुले आवाज उठाएपछि आज महरालाई मात्र मन्त्री बनाउने माओवादीको तयारी छ। दोस्रो चरणमा शर्मा र कार्कीलाई मन्त्री बनाउने स्रोतले जनायो । मन्त्रीको नाम तय गर्न अहिले एकबजे माओवादी केन्द्रको हेडक्वाटर बैठक बस्ने नेता मणि थापाले जानकारी दिए। ‘समावेशी, प्रदेशको सन्तुलन मिलाउने र सकेसम्म संविधानमा व्यवस्था भएअनुसार २५ सदस्यी मन्त्रीपरिषद बनाउने विषयमा छलफल चलिरहेको छ,’ थापाले भने।

 

प्रकाशित: २० श्रावण २०७३ ०६:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App