१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सेनाद्वारा बम निस्क्रिय

रौतहट-बम विस्फोटमा आठजना घाइते भएको घटनाको दुई दिनपछि रौतहटमा फेरि बम भेटिएको छ। रौतहटको गुजरा नगरपालिका २ मा सोमवार स्थानीयले बम रहेको आशंकामा प्रहरीलाई खबर गरेपछि नेपाल प्रहरीको टोली गुजरा २ कटानी टोलको भित्री सडकमा कालो प्लास्टिकको झोलाभित्रबाट पहेलो तार बाहिर निकालेको अवस्थामा शंकास्पद वस्तु देखेको थियो। घटनास्थलमा नेपाली सेनाको टोली पुगेर विस्फोटक पदार्थलाई निस्क्रिय पारेको थियो । बम राखेको हल्ला फैलिएपछि स्थानीयबासीमा त्रास फैलिएको थियो।

प्रकाशित: ४ मंसिर २०७४ १३:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App