७ वैशाख २०८१ शुक्रबार
राजनीति

सिन्धुलीगढीमा नेपाल अंग्रेज युद्धको सम्झना

सिन्धुली- राष्ट्रति विद्यादेवी भण्डारीले सिन्धुलीगढीमा झन्डोत्वलन गरेकी छिन्। अंग्रेज फौजलाई हराई वीरता कायम गरेको २ सय ५० बर्ष पुरा गरेको अवसरमा कमलामाई नगरपालिकाले आयोजना गरेको विजय उत्सवमा सहभागी हुन सिन्धुलीगढी आएकी राष्ट्रति भण्डारीले झन्डोत्वलन सहित सिन्धुलीगढीको अवलोकन गरेकी हुन्।

कप्तान किनलोकन नेतृत्वको अंग्रेज फौजलाई हराई वीरता कायम गरेको स्मरण स्वरुप कार्तिक २४ गतेलाई २०६७ सालबाट नेपाल पत्रकार महासंघले थालनी गरेको विजय उत्सव मनाउने चलनलाई निरन्तरता दिदै कमलामाई नगरपालिकाले आयोजना गरेको विजयी उत्सव समारोहमा राष्ट्रपती भण्डारीले सिन्धुलीगढी परिसरबाट निर्माण भएको १२२ सिढी चढी ठूलो गढीमा पुगेर नेपालको राष्ट्रिय झन्डा फहराएकी हुन्। कार्यक्रमा उनले नेपाललाई चिनाउने प्रमुख स्थान सिन्धुलीगढी भएकाले त्यस क्षेत्रको संरक्षणमा सबै पक्षले ध्यान दिनु पर्ने बताईन्। सिन्धुलीगढीलाई यहाँको स्थानीय गीत संस्कृतिले चिनाएको छ, उनले भनिन्–सिन्धुलीगढी देशको महत्वपुर्ण क्षेत्र हो।, यसैले यसको संरक्षण गर्नु आवश्यक छ।' पूर्वी पहाड र तराई जोड्ने विपी राजमार्गले सिन्धुलीगढीलाई थप महत्वपुर्ण बनाएको भन्दै उनले मौलिक र संस्कृतिको जर्गेर्ना गर्दै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने जनाइन्। राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी मंसिरमा हुने दुई चरणको निर्वाचन सफल पार्न आग्रह गरेकी छिन्। सिन्धुलीको सिन्धुलीगढीमा भएको २५० औ विजय उत्सव समारोमा सहभागि भएकी भण्डारीले आगामी निर्वाचन सफल पार्न सबै पक्षलाई आग्रह गरिन्। उनले भनिन्–संविधानले निदृष्ट गरेअनुसार निकट भविष्यमा हुन लागेको निर्वाचनमा सबैको उत्साहजन सहभागीता र सक्रिय सहयोगको अपेक्षा गरेकी छु।' निर्वाचनको सफल सञ्चालनले देशमा राजनीतिक स्थायित्व गर्नुका साथै नेपालमा समाजीक र आर्थिक रुपान्तरणको अभियानलाई मुर्त रुप दिन र जनताको जिवनस्तर अगाडी बढाउन सहयोग पुग्ने आशा र अपेक्षा गरेको छु, राष्ट्रपति भण्डारीले थपिन्।

सो कार्यक्रममा नेपाली सेनाका प्रमुख सेनापती राजेन्द्र क्षेत्रीको समेत उपस्थिती रहेको थियो। कार्यक्रममा यहाँको चण्डीदलगढले अंग्रेजलाई परास्त गर्ने समयमा भएको युद्ध झल्कने नाटक समेत देखाएका थिए भने स्थानीय झाँकी नाच तथा अन्य सांस्कृतिक कार्यक्रम भएको थियो। यसैगरी कार्यक्रमलाई थप उत्साह प्रदान गर्नका लागि समृद्ध सिन्धुलीले काठमाडौंबाट सिन्धुलीगढी सम्मको साइकल यात्रा गरेको थियो। विश्व साइकल यात्री पुस्कर शाहको नेतृत्वमा साइकल यात्रा भएको हो। यसरी साइकल यात्रा तथा सिन्धुली गढी विजयी उत्सवलाई सहयोग पुर्‍याउने नेपाल पत्रकार महासंघ, समृद्ध सिन्धुली अभियान, नेपाल रेडक्रस उद्योग बाणिज्य संघ नेपाली सेनास्थि चण्डीदलगढ, पुरानो गोरखगढ लगायतलाई राष्ट्रपति भण्डारीले कदर पत्र प्रदान गरेकी थिइन्।

यसकारण मनाइन्छ सिन्धुलीगढी विजयी उत्सव

सिन्धुलीगढीका अनुसन्धान तथा खोजकर्ताहरुका अनुसार पुर्खाहरुको अदम्य साहस र वीरताका कारण आज नेपाल राष्ट्रको अस्तित्व राख्ने स्थान सिन्धुलीगढीनै हो। वि.स १८२४ कातिक २४ गते इस्ट इण्डिया कम्पनिका कप्तान किनलोकनको नेतृत्वमा आएको २ हजार चार सय अंग्रेजी फौजलाई राजा पृथ्वीनारायण शाह फौजका बंशु गुरुङको नेतृत्वको नेपाली फौज सिन्धुलीगढीबाट पराजित गरी भगाएको बताइन्छ। जतिबेला झण्डै एक हजार ६ सय अंग्रेज सेनाहरु हताहत भएका थिए । अंग्रेजहरु विरुद्धको यो जित दक्षिण एसियाकै इतिहासमा पहिलो विजय थियो भने अंग्रेजहरुको पहिलो पराजय पनि यहि सिन्धुलीगढीबाट नै भएको थियो। वि.सं.१३६७ मा सिम्रौनगढका (डोयहरु) सेनाहरुले काठमाडौंमा ब्यापक लुटपाट गरी वनेपा हुँदै फकिर्दा सिन्धुलीगढीको बाटो भएर विदेह राज्य (जनकपुर–सितामाढी) फकिर्एका थिए भन्ने ऐतिहासिक प्रमाण भएको खोजकर्ताहरुले दावी गरेका छन् जुन प्रमाणले पनि त्यस समयमा सिन्धुलीगढीको बाटो प्रयोग भएको प्रमाणित हुन्छ।

 

प्रकाशित: २४ कार्तिक २०७४ १२:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App