सरकारले ल्याएका अध्यादेशबारे छलफल गर्न विपक्षी दलहरूको बैठक आज (बिहीबार) बस्दै छ। बिहान साढे ११ बजे एमाले संसदीय दलको कार्यालयमा बैठक बस्न लागेको हो।
यसअघि बुधबार विपक्षी दलहरूको बैठक कांग्रेस संसदीय दलको कार्यालयमा भीष्मराज आङ्देम्बेको अध्यक्षतामा बसेको थियो। बैठकमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलका नेताहरू सहभागी थिए।
बैठकमा संसद् अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउने सरकारको कदमबारे रणनीति बनाउनेबारे छलफल भएको थियो। आज फेरि एमालेको कार्यालयमा बस्न लागेको हो।
प्रकाशित: १७ वैशाख २०८३ ०८:१४ बिहीबार





