गल्फमा शिवरामको अग्रता

बुधबार, २२ कार्तिक २०७४, ०९ : २० नागरिक

काठमाडौं – शिवराम श्रेष्ठले मंगलबार गोकर्ण गल्फ क्लबमा ९ अन्डर ६३ को असाधारण प्रदर्शन गर्दै सूर्य नेपाल सेन्ट्रल ओपनमा १५ अन्डर १ सय २९ स्कोरका साथ अग्रता लिएका छन्। 

मंगलबार दोस्रो दिन ५ अन्डर ६७ स्कोर गरेका सूर्यप्रसाद शर्मा शिवरामभन्दा ७ स्ट्रोकले पछि रहँदै दोस्रो स्थानमा छन् । जयराम श्रेष्ठ र दीपक मगर इभनपार १ सय ४४ स्कोरसहित संयुक्त रूपमा तेस्रो स्थानमा छन् । जयरामले दोस्रो दिन २ अन्डर ७० तथा दीपकले १ ओभर ७३ स्कोर गरेका थिए। 

भुवन नगरकोटी १ ओभर १ सय ४५ स्कोरका साथ पाँचौं स्थानमा छन् । उनले मंगलबार १ अन्डर ७१ को कार्ड बनाएका थिए । यसै गरी रवि खड्का (१ ओभर ७३) २ ओभर १ सय ४६ स्कोरका साथ छैटौं स्थानमा रहँदा ३ अन्डर ६९ खेलेका सञ्जय लामा ४ ओभर १ सय ४८ स्कोरसहित सातौं स्थानमा छन्। 

धनबहादुर थापा (७२), भुवनकुमार रोक्का (७३), भूबहादुर गुरुङ (७३) र रामे मगर (७७) समान ५ ओभर १ सय ४९ स्कोरका साथ संयुक्त रूपमा आठौं स्थानमा छन्। 

दुई दिनमा ३६ होलको खेल सकिएपछि आगामी दुई दिनका लागि खेलाडी छनोट (कट) गरिँदा यलम्बरसिंह अधिकारी, प्रदीपकुमार लामा, पशुपति शर्मा, बलभद्र राई, किसान कालिराज सुनार, दीपक आचार्य, विकास अधिकारी, दीपेन्द्र रायामाझी, राजेन्द्र श्रेष्ठ प्रधान र कमल तामाङले सफलता हासिल गरे। 

एमेच्योरतर्फ फुन्सोक एन लामा (७६) र सुनिल केसी (७९) समान ९ ओभर १ सय ५३ स्कोरका साथ संयुक्त रूपमा अग्रस्थानमा रहँदा सुवास घिसिङ १५ ओभर १ सय ५९ स्कोरसहित तेस्रो स्थानमा छन् । सुवासले मंगलबार ४ ओभर ७६ खेलेका थिए। 

३२ व्यावसायिक र १० एमेच्योर खेलाडीको सहभागिता रहेको प्रतियोगितामा अन्तिम दुई दिनका लागि गरिएको कटमा २१ व्यावसायिक र ६ एमेच्योर खेलाडी सफल भए । कुल ६ लाख ३० हजार रुपैयाँ पुरस्कार राशिको प्रतियोगितामा विजेताले १ लाख १५ हजार रुपैयाँ पाउनेछ । यसै गरी उपविजेताले ७४ हजार र तेस्रो हुनेले ५३ हजार रुपैयाँ पाउनेछन् । कटमा सफलता हासिल गर्ने सबै २१ व्यावसायिक गल्फर नगद पुरस्कारको भागीदार बन्नेछन्। 






यसमा तपाईको मत

अन्य समाचार

महिन्द्रा एक्सयूभी ३००ले पायो ग्लोबल एनसीएपीद्वारा उच्चतम फाइभ स्टार सुरक्षा रेटिङ

महिन्द्रा एक्सयूभी ३००ले पायो ग्लोबल एनसीएपीद्वारा उच्चतम फाइभ स्टार सुरक्षा रेटिङ

२०.७ अर्ब अमेरिकी डलरको महिन्द्रा ग्रुपको एक हिस्सा महिन्द्रा एन्ड महिन्द्राले आफ्नो कम्प्याक्ट एसयूभी – एक्सयूभी ३०० ले ग्लोबल एनसीएपीद्वारा...

डिशहोमद्वारा विशेष च्यानल 'राइम्स’ शुरु

डिशहोमद्वारा विशेष च्यानल 'राइम्स’ शुरु

डिशहोमले एउटा विशिष्ट च्यानल राइम्स मार्फत भोलिको कर्णधारहरुको लागि आजको दिनमा रोमाञ्चक प्रारम्भिक शिक्षण आधार तयार पारेको छ । ...

अर्घाखाँची सिमेन्टको ‘धन वर्षा’ योजनाको समय थप

अर्घाखाँची सिमेन्टको ‘धन वर्षा’ योजनाको समय थप

अर्घाखाँची सिमेन्ट प्रा. लीले आफ्नो  उपभोक्ता वर्गको लागि बिगत दुई महिना अघिदेखि लागू गरिरहेको ‘धन वर्षा’ योजनाको समयावधी केहि समयका...

बर्दियाको गुलरियामा ग्लोबल आइएमई बैंक

बर्दियाको गुलरियामा ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंकले बर्दियाको गुलरीया नगरपालिका वडा नम्बर ६, जिविस रोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । ...

सिद्धार्थ बैंकको सहयोग

सिद्धार्थ बैंकको सहयोग

सिद्धार्थ बैंकले टिच फर नेपाललाई पाँच लाख रूपैयाँ सहयोग गरेको जनाएको छ । ...

एनआइसी एसियाको दोस्रो त्रैमासिक वित्तीय नतिजा उत्साहजनक

एनआइसी एसियाको दोस्रो त्रैमासिक वित्तीय नतिजा उत्साहजनक

एनआइसी एसिया बैंकले चालु आर्थिक वर्ष ०७६/७७ को दोस्रो त्रैमाससम्ममा दुई अर्ब ९० करोड सञ्चालन मुनाफा आर्जन गरेको छ ।

हिमालयन बैंक र म्याक्स मनीबीच सम्झौता

हिमालयन बैंक र म्याक्स मनीबीच सम्झौता

हिमालयन बैंक र मलेसियन कम्पनी म्याक्स मनी एसडिएन बिएचडीबीच विगतमा भएको विप्रेषणको भुक्तानी रकम राफसाफ गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ...

एनसेलले ल्यायो पर्यटकका लागि ‘टुरिष्ट सिम’

एनसेलले ल्यायो पर्यटकका लागि ‘टुरिष्ट सिम’

यस योजना अन्तर्गत भ्रमणमा आएका विदेशी पाहुनाले सजिलै टुरिष्ट सिम लिएर सबै नेटवर्कमा कल गर्न मिल्ने अल नेटवर्क टक टाईम...

Ncell Footer Ad