अन्ततः विराटसँगै गर्ने भइन अनुष्काले विवाह

बुधबार, ०८ कार्तिक २०७४, ११ : १४ नागरिक

मुम्बई– क्रिकेटर विराट कोहली र अभिनेत्री अनुष्का शर्माको दुवैका ‘डाइहार्ड’ फ्यानका लागि दुःखको खबर छ । केही वर्षदेखि रोमान्स गरिरहेको यो जोडी चाँडै लगनगाँठो कस्दैछ । सञ्चारमाध्यममा आएका समाचारलाई आधार मान्ने हो भने उनीहरू आगामी डिसेम्बरमा लगनगाँठो कस्दैछन्।

भारतीय सञ्चारमाध्यमका अनुसार गत सोमबार मात्र श्रीलंकासँग हुने पहिलो दुई दिवसीय टेस्ट क्रिकेटका लागि कप्तान बनाइएका विराटले ‘व्यक्तिगत कामका लागि’ भन्दै भारतीय क्रिकेटको सर्वोच्च संस्था बिसिसिआईलाई डिसेम्बरमा एक महिना विदा दिन आग्रह गरेका छन् । श्रीलंकामा डिसेम्बर महिनामा हुन लागेको टेष्ट क्रिकेटबाट छुट्टी लिन उनले भारतीय क्रिकेट बोर्र्डसमक्ष आग्रह गरेका हुन्। 

‘विराट श्रीलंकामा टेष्ट क्रिकेट खेल्न चाहँदैनन् । त्यसकारण उनले बिसिसिआईसँग छुट्टी मागिरहेका छन् । क्रिकेट भनेपछि हुरुक्कै हुने विराट आफैं कसरी क्रिकेट खेल्नबाट छुट्कारा पाउन छुट्टी मागिरहेका छन् । यो आफैमा रहस्यमय विषय हो,’बिसिसिआईका एक अधिकारीले भनेका छन्।

केही वर्षदेखि विराटसँग प्रेम सम्बन्धमा रहेकी अनुष्का विराटको क्रिकेट हेर्नकै लागि समय–समयमा रंगशालामा पुगिरहन्छिन् । यो बीचमा उनीहरुबीच सम्बन्ध टुटेको हल्ला पनि नआएको होइन । क्रिकेट मैदानमा विराटको खराब प्रदर्शन पछि त्यसको कारकका रुपमा क्रिकेटका दर्शकले अनुष्कालाई दोषी मानेका थिए । यो अवस्थापछि पनि विराटले सामाजिक सञ्जालमा अनुष्काप्रति आफ्नो माया दर्शाइ नै रहे।

यो जोडी केही साता अघि मात्र टेलिभिजनमा एक पहिरन ब्रान्डको प्रबद्र्धन गर्न विवाहित जोडीको रुपमा प्रस्तुत भएको थियो । विराटले क्रिकेटबाट एक महिना बिदा लिएकै समयमा अनुष्काले पनि डिसेम्बरमा कुनै पनि फिल्मको सुटिङ नगर्ने योजना बनाएकी छन् । यसले पनि विवाहको हल्लालाई हावा दिइरहेको छ । अनुष्का पछिल्लो पटक फिल्म ‘जब हैरी मेट सेजल’मा शाहरुख खानसँग देखिएकी थिइन् । आजभोलि भने उनी आफ्नै प्रोडक्सनमा बनिरहेको फिल्म ‘परी’मा व्यस्त छिन्। 








यसमा तपाईको मत

अन्य समाचार

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलको नयाँ आइफोन - आइफोन ११ को माग निकै उच्च रहेको छ ! ...

Ncell Footer Ad