१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

म्यादी प्रहरीले दिए लिखित परीक्षा

गुल्मी – प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचन सुरक्षामा खटिने म्यादी प्रहरी छनोटकाे लागि लिखित परीक्षा संञ्चालन गरिएकाे छ ।  पहिलो चरण अन्तर्गत दाैड पास भएकाहरुले मंगलबर गुल्मीको सदरमुकाम तम्घासको चिदिचौरमा सामुहिक लिखित परिक्षा दिएका छन् । लिखित परिक्षाको लागि ३० मिनेटको समय छुट्टाइएको थियो ।

पहिलो चरणमा छनोट भएर आएका एक हजार ४ सय २६ जनाले लिखित परिक्षा दिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।  म्यादी प्रहरीकाे लागि दुर्इ हजार २ सय ४४ जनाको आवेदन परेको थियाे ।   बेरोजगारीको समस्याले म्यादी प्रहरीमा आएको युवाहरुले भनाई रहेको छ ।

मंगलबार साँझसम्म लिखित परिक्षाकाे नतिजा प्रकाशन भइसक्ने जानकारी  प्रहरी उपरिक्षक अनुरागकुमार द्विबेदीले दिए । उनका अनुसार लिखित र अन्तवार्तामा छनौट भएपछि जिल्लाका विभिन्न प्रहरी इकाईहरुबाट तालिमहरु संञ्चालन हुनेछन् । 

प्रकाशित: ७ कार्तिक २०७४ ०६:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App