पाँचथरमा ६८ जना कुपोषित बालबालिका

बिहिबार, ०२ कार्तिक २०७४, १५ : ५२ नागरिक

पाँचथर –पाँचथरमा दुई महिनाको अवधिमा ६८ जना कुपोषित बालबालिका भेटिएका छन्। 

जिल्ला जनस्वास्थ्य कार्यालयबाट सञ्चालित शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रम शुरु भएकोे दुई महिनामा यतिका कुपोषित बालबालिका भेटिएका कार्यक्रमका सूचना व्यवस्थापन अधिकृत रोशन न्यौपानेले बताए।
 
उक्त अबधिमा फिदिम नगरपालिकामा २१, याङ्वरक गाउँपालिकामा एक, फालेलुङमा चार, हिलिहाङमा नौ, तुम्बेवामा १८, कुम्मायकमा १०, मिक्लाजुङ गाउँपालिकामा पाँचजना कुपोषित बालबालिकाको पहिचान भएको थियो। 

फाल्गुनन्द गाउँपालिकामा भने हालसम्म कुपोषण भएका बालबालिका नभेटिए पनि विपन्न परिवार र राम्रो आर्थिक हैसियत भएका परिवारका बालबालिकामा समेत कुपोषणको समस्या देखिएको छ। हालै मात्र नेपाल सरकारले पिछडिएको क्षेत्रको सूचीमा राखेको दक्षिणी पाँचथरको तुम्बेवा गाउँपालिकामा सबैभन्दा बढी कुपोषित बालबालिका भेटिएका छन्। 

छ महिनादेखि पाँच वर्षमुनिका बालबालिकामा कुपोषण परीक्षण गरिएको थियो। कार्यक्रम शुरु भएको दुई महिनामै जिल्लामा झण्डै ७० जना कुपोषित बालबालिका भेटिएकाले यो संख्या अझ बढ्ने जिल्ला जनस्वास्थ्य कार्यालयका स्वास्थ्य शिक्षा प्रशिक्षक तेजबहादुर तुम्बापोले बताए। 

शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रमअन्तर्गत परीक्षणका क्रममा कुपोषण भएको प्रमाणित भएका ६८ बालबालिकालाई अहिले तयार पारिएको पोषणयुक्त खाना निःशुल्क उपलब्ध गराई उपचार शुरु गरिएको छ। एक नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा दुई प्राथमिक स्वास्थ्य केन्द्र र नौ वटा स्वास्थ्य केन्द्रमार्फत यो सेवाप्रवाह भइरहेको सूचना व्यवस्थापन अधिकृत न्यौपानेले बताए। 

त्यस्तै जिल्लाको साविक १० वटा गाविसमा सञ्चालन भइरहेको ‘सुनौलो हजार दिन’ सञ्चार अभियानअन्तर्गत अहिले १५५ आमासँग नियमित सञ्चार सम्पर्क भइरहेको अभियानका जिल्ला संयोजक युवराज चेम्जोङले बताए। 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

Ncell Footer Ad