१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

प्रहरीलाई निर्वाचनमा केन्द्रित हुन निर्देशन

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रहरीलाई व्यावसायिक र सुदृढ संगठनका रुपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

६२ औं प्रहरी दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उनले स्थानीय तहको निर्वाचनमा प्रहरीले पु¥याएको योग्दान महŒवपूर्ण रहेको उल्लेख गर्दै अब प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा जुट्न निर्देशन दिए ।
देउवाले प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन शान्तपुर्ण रुपमा सम्पन्न गर्न प्रहरीको भूमिका महŒवपूर्ण हुने बताए । सीमित स्रोत साधन हुँदाहुँदै पनि व्यावसायिक इच्छाशक्ति, राष्ट्र र नागरिकप्रतिको समर्पणभावसहित प्रहरी कर्मचारीले शान्तिसुरक्षा कायम गर्न देखाएको प्रतिबद्धतको राष्ट्रले उच्च मूल्यांकन गर्ने बताए । उनले प्रहरीलाई समयसापेक्ष साधनस्रोत, प्रविधि र समयानुकूल ऐनले सुसज्जित गर्नुपर्ने बताए ।
गृहमन्त्री जनार्दन शर्माले राज्यले निर्धारण गरेका लक्ष्यलाई सदृष्य बनाउन सुरक्षा व्यवस्था सुदृढ हुनुपर्ने बताए ।
प्रहरी महानिरीक्षक प्रकाश अर्यालले एकल राज्यप्रणालीबाट संघीयतातर्फ रुपान्तरण हुने क्रममा रहेको मुलुकमा ४५ दिनपछि हुने प्रदेश  र प्रतिनिधिसभाको निर्वाचनमा शान्ति सुरक्षा प्रदान गर्न प्रहरी तयार रहेको बताए । उनले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा मताधिकार प्रयोग गर्न पाउने नागरिकको अधिकार सुरक्षित गर्न प्रहरी लागिपर्ने जनाए ।  
स्थानीय तहको निर्वाचनले आमनागरिकको निर्वाचनप्रतिको लगाव पुष्टि गरेको उल्लेख गर्दै उनले आगामी निर्वाचन पनि सहज सम्पन्न गर्न प्रहरी संगठन प्रतिबद्ध रहेको बताए ।
 
पूर्वआइजिपी रानालाई लाइफटाइम अचिभमेन्ट

कार्यक्रममा पूर्वआइजिपी कुवेरसिंह रानालाई  लाइफ टाइम अचिभमेन्ट अवार्ड दिइयो । प्रधानमन्त्री शेरबहादुर देउवाले रानालाई उक्त अवार्ड प्रदान गरेका हुन् ।
यसैगरी कार्यक्रममा आइजिपी प्रकाश अर्यालले विभिन्न विधामा उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत गरेका थिए ।
प्रहरी संगठनमा महŒवपूर्ण मानिने पूर्ण शान्ति पुरस्कार प्रहरी निरीक्षक सुदर्शन भट्टले पाएका छन् भने साहसिक तथा जोखिमपूर्ण कार्य गरेवापत योगेन्द्र स्मृति साहसिक पुरस्कार जिल्ला प्रहरी कार्यालय, म्याग्दीमा कार्यरत प्रहरी हबल्दार सुरजसिंह दमाइले पाएका छन् ।
यस वर्ष प्राविधिकतर्फ प्रहरी निरीक्षक डा. अञ्जली तण्डुकार, प्रहरी हबल्दार कुमार पुन र डाइमन ज्योति घिमिरे उत्कृष्ट घोषित भए ।
प्रहरी निरीक्षकहरू हरिबहादुर बस्नेत, अनील ठकुरी, प्रहरी नायब निरीक्षकहरू गणेशबहादुर बोगटी र ईश्वर थापा अनुसन्धानतर्फ उत्कृष्ट भए ।

तस्बिरे ः पूर्वप्रहरी महानिरीक्षक कुवेरसिंह रानालाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा । तस्बिर सौजन्य ः नेपाल प्रहरी

 

प्रकाशित: २८ आश्विन २०७४ ०२:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App