१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

संसद्को अन्तिम बैठक आज, शीर्ष नेताले सम्बोधन गर्ने

काठमाडौं- संविधानसभाबाट रुपान्तरित व्यवस्थापिका संसद्को अन्तिम बैठक शनिबार बस्दैछ । दिउँसो ३ बजे बोलाइएको बैठकमा प्रमुख दलका शीर्ष नेतालगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।
संसद्मा प्रतिनिधित्व गरेका स्वतन्त्रसहित २४ दलका प्रतिनिधिलाई सम्बोधनका लागि ३ घण्टाको समय छुट्याइएको छ । बैठक अपराह्न ३ बजे बोलाइएको छ । नेताहरूको सम्बोधनपछि सभामुख ओनसरी घतीले बैठकमा चार वषको समयमा भएका कामको विवरण प्रस्तुत गर्नेछिन् ।
संसद्को शुक्रबारको बैठकले प्रदेश प्रमुखको पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयक  र भाषा आयोगसम्बन्धी विधेयक पारित गरेको छ ।
राष्ट्रियसभा सदस्य निर्वाचन विधेयक र चिकित्सा शिक्षा जस्ता महŒवपूर्ण विधेयकलाई दलीय सहमति नजुटेपछि कार्यसूचीमा राखिएन । आइतबार समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची पेस गर्ने भएकाले शनिबार  संसद्को अन्तिम बैठक बस्ने छ । उमेदवार मनोनयन दर्ता गर्ने अघिल्लो दिनसम्म संसद् कायम रहने संवैधानिक व्यवस्था छ ।
संविधानको धारा २ सय ९६ को संंक्रमणकालीन व्यवस्थामा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको मनोनयन पत्र दाखिला गर्ने अघिल्लो दिनसम्म व्यवस्थापिका संसद् कायम रहनेछ भन्ने उल्लेख छ । जसबमोजिम शनिबारसम्म संसद् रहनेछ । त्यसपछि स्वतः विघटन हुनेछ ।

प्रकाशित: २८ आश्विन २०७४ ०२:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App