१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सर्वोच्चको न्यायाधीशमा तीन नाम अनुमोदन

काठमाडौं- संसदीय सुनुवाइ विशेष समितिले न्याय परिषद्बाट सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका तीनजनाको नाम अनुमोदन गरेको छ । समितिको सोमबार बसेको बैठकले बमकुमार श्रेष्ठ, डम्बरबहादुर शाही र टंकबहादुर मोक्तानको नाम अनुमोदन गरेको हो ।
प्रस्तावित व्यक्तिको योग्यता, क्षमता र अनुभवका आधारमा उक्त पदका लागि योग्य देखिएको भन्दै समितिले व्यवस्थापिका संसद् नियमावली २०७३ को नियम १ सय ८५ (५) अनुसार अनुमोदन गर्ने निर्णय गरेको छ ।
उपनियम ५ मा उमेदवारको नाम समितिका सम्पूर्ण सदस्य संख्याको दुईतिहाइ बहुमतबाट अस्वीकृत नभएमा अनुमोदन भएको मानिने व्यवस्था छ ।
न्यायपरिषद्ले गत भदौ २९ र असोज १ गते सर्वोच्च  अदालतको न्यायाधीश पदका लागि तीनजनाको नाम सिफारिस गर्दै संसदीय सुनुवाइका लागि संसद् सचिवालयमा पत्र पठाएको थियो । संविधानको धारा १ सय २९ को उपधारा २ बमोजिम तथा व्यवस्थापिका संसद् नियमावली २०७३ को नियम १ सय ८५ तथा संसदीय सुनुवाइ विशेष समितिको कार्यविधि २०७३ बमोजिम संसदीय सुनुवाइ गरिएको थियो ।

 

प्रकाशित: २४ आश्विन २०७४ ०२:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App