१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

फोरम गठबन्धनमा नबस्ने

काठमाडौं- सत्तारूढ नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल संलग्न नहुने भएको छ । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेससँग तालमेलका खुला रहे तापनि कांग्रेस नेतृत्वको गठबन्धनमा भने संघीय फोरमको संलग्नता नरहने भएको हो । कांग्रेससँग मात्रै नभई, एमाले नेतृत्वको गठबन्धनभन्दा बाहिर बसेर निर्वाचनको मैदानमा उत्रने फोरमले औपचारिक निर्णय लिएको छ ।

‘प्रधानमन्त्रीज्यूलाई गठबन्धनमा पार्टी रहँदैन भनेर स्पष्ट भनिसकेका छौं । केही निर्वाचन क्षेत्रमा भने तालमेल गर्न सकिने जानकारी पनि गराइसकेका छौं ।’

पार्टीको उक्त औपचारिक धारणा संघीय फोरमले प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत जानकारी गराइसकेको वरिष्ठ उपाध्यक्ष अशोककुमार राईले बताए । ‘प्रधानमन्त्रीज्यूलाई गठबन्धनमा पार्टी रहँदैन भनेर स्पष्ट भनिसकेका छौं । केही निर्वाचन क्षेत्रमा तालमेल गर्न सकिन जानकारी पनि गराइसकेका छौं,’ राईले नागरिकसँग भने, ‘उक्त गठबन्धनसँगै हाम्रो सिद्धान्त र मुद्दा मिल्न नसक्ने भएकाले साथै रहन नसक्ने भएका हौं ।’ उनका अनुसार निर्वाचनमा संघीय फोरमले धेरै स्थानमा एकल उम्मेदवार उठाउने र केही ठाउँमा मात्रै तालमेल गर्नेछ ।
तर, निर्वाचन क्षेत्रको सिटमा तालमेल गर्न सकिने भन्दै पार्टीले महासचिव रामसहाय यादवलाई कांग्रेस नेतृत्वको कार्यदलमा समावेश गराएको छ । ‘त्यहाँ सिट संख्याबारे मात्रै कुराकानी गरिनेछ, अन्य विषयमा प्रवेशसम्म हुन्न,’ राईले भने ।
स्थानीय तहको निर्वाचनमा एक्लै मैदानमा उत्रिएको पार्टी तेस्रो चरणको निर्वाचनमा दोस्रो ठूलो दल हुन सफल भएको थियो । संघीय फोरमले स्थानीय तह चुनावमा १ हजार ४ सय ३९ मतसहित ४.११ प्रतिशत मत ल्याएर समग्रमा चौथो ठूलो दल हुन सफल भएको छ ।
संघीय फोरमको पदाधिकारी बैठकले कांग्रेस तथा  एमाले नेतृत्वको दुवै गठबन्धनमा नबसी अलग रहने निर्णय गरेको छ । यसबारे दुवै गठबन्धनका शीर्ष नेतालाई जानकारी दिइसकेको राईले बताए । ‘न हामी कांग्रेस नेतृत्वको गठबन्धनमा बस्छौं, न त एमाले नेतृत्वको गठबन्धनमा तर चुनावी तालमेल भने पार्टी अनुकूलता हेरेर दुवै गठबन्धनसँग गर्न भने खुला छौं,’ राईले भने ।
पार्टी सहअध्यक्ष राजेन्द्र श्रेष्ठले पनि संघीय फोरमको कित्ता नखुलिसकेको बताए । ‘हामी अहिले कुुनै गठबन्धनमा छैनौं । परिआएमा संविधान संशोधन पक्षधर शक्तिसँग गठबन्धन बनाउन सकिन्छ, यो विकल्प खुल्ला राखेका छौं,’ उनले भने । श्रेष्ठका अनुसार कांग्रेस र एमाले शीर्ष नेतासँग गठबन्धनमा संलग्नताबारे कुराकानी भइरहे पनि निष्कर्षमा पुगिसकेको छैन ।

प्रकाशित: २० आश्विन २०७४ ०२:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App