१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

ताल अतिक्रमणको चपेटामा

नवलपरासी, असोज १६  – नवलपरासीको एक मात्र ऐतिहासिक नन्दल ताल अतिक्रमणको चपेटामा परेको छ । करिब १६५ बिगाहा क्षेत्रफलमा फैलिएको तालको सम्पूर्ण भाग स्थानीयवासीले अतिक्रमण गरी खेती गरिरहेका छन् भने यसको संरक्षण र व्यवस्थापनका लागि सम्बन्धित निकायले कुनै पहल गरिरहेको छैन । 

हाल तालमा पानी छैन । तालको क्षेत्रफल मानिने अधिकांश जग्गामा स्थानीयवासीले अन्नबाली लगाउने गरेका छन् । ताल नवलपरासीको हालको रामग्राम नगरपालिका–१४ र १५ को केही भाग र यसैगरी पाल्हीनन्दन गाउँपालिका–५ (साबिक सनई, सुक्रौली र हुकुई गाविसमा फैलिएको छ । ताल संरक्षण हुन नसक्दा अहिले आफ्नो अस्तित्व गुमाउन पुगेको एक स्थानीयवासीले बताएका छन् । 

पौराणिक इतिहासमा कृष्ण भगवान्ले आफ्नो नारायणी सेना लगाएर सो ताल खनेको धार्मिक किंवदन्ती छ । एकातर्फ ताल संरक्षणको अभावमा इतिहास गुमाउँदै गएको छ भने अर्कोतर्फ तालको जग्गा स्थानीयवासीले अतिक्रमण गर्दै जोतभोग गर्दैछन् । पटक पटक तालको संरक्षणका लागि यस अगावैको जिविस (हालको जिल्ला समन्वय समिति)बाट तारबार गरी क्षेत्रफल निर्धारण गर्न रकम विनियोजन भएको भए पनि हालसम्म तालको यकिन जग्गासमेत छुट्याउन सकिएको छैन र त्यसको संरक्षणमा रकम पनि खर्चिएको छैन । 

प्रकाशित: १६ आश्विन २०७४ ०२:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App