१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राष्ट्रपति भण्डारीलाई टीका प्रदान

राष्ट्रपति विद्यादेवी भण्डारी आमा मिथिला पाण्डेका हातबाट टीका ग्रहण गर्दै। तस्विरः रासस

काठमाडौं—राष्ट्रपति विद्यादेवी भण्डारीले आज विहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा हनुमानढोका दसैँघरका मूल पुजारी देवराज अर्यालबाट विजयादशमीको टीका ग्रहण गरेकी छिन्।

राष्ट्रपति भवन शीतल निवासमा मूल पुजारी अर्यालले राष्ट्रपति भण्डारीलाई शास्त्रोक्त विधिपूर्वक अभिषेक गर्दै जमरा र नवदुर्गाको प्रसाद प्रदान गरेका हुन्। सो अवसरमा राष्ट्रपति भण्डारीले मूल पुजारी अर्याललाई पनि टिका लगाइदिइन्।

सोही अवसरमा राष्ट्रपति भण्डारीलाई उनकी आमा मिथिला पाण्डे, काका जयन्त पाण्डेले पनि टीका लगाइदिइन्। राष्ट्रपति भण्डारीले छोरी उषाकिरण भण्डारी र निशा कुसुम भण्डारी तथा ज्वाइँ उमेश थापा र अभिषेक यादव लगायत परिवारका अन्य सदस्य तथा आफन्तहरुलाई टीका लगाइदिइन्।

राष्ट्रपतिले सर्वसाधारणलाई दसैँको टीका आज अपरान्ह २ बजेदेखि लगाइदिएकी छिन्।

प्रकाशित: १४ आश्विन २०७४ १०:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App