१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

२७ वर्षदेखि पुनर्मिलन एवं शुभकामना आदान–प्रदान

खोटाङ – खोटाङको खोटेहाङ गाउँपालिका–७ खोटाङबजारमा बडादशैंको अवशरमा लामो समयदेखि सञ्चालन हुँदै आएको ‘पुःर्नमिलन एबं शुभकामना आदान–प्रदान’ कार्यक्रमले २७ औं वर्ष पनि निरन्तरता पाएको छ।

हरेक फुलपातीका दिन निरन्तर गाउँमा बसोबास गर्ने तथा शिक्षा तथा रोजगारकाक्रममा देश÷विदेशमा पुगेका स्थानीयबीचमा मिलन गराउन र प्रगाध सम्वन्ध स्थापनाका लागि खोटाङबजारमा २०४७ सालको फुलपातीका दिनदेखि सुरु गरिएको ‘पुःर्नमिलन एबं शुभकामना आदान–प्रदान’ कार्यक्रमले यस वर्ष २७ औं वर्ष पार गरेको हो। 

गाउँमै स्थायीरुपमा बस्दै आएका तथा गाउँबाहिर बसोबास गरिहेको अवस्थामा दशैंतिहार मनाउन घर फर्किएका स्थानीयलाई एक ठाउँमा भेला गरेर आपसमा शुभकामना आदान–प्रदान गर्दै पुःर्नमिलन गराउनका लागि नेकपा एमाले खोटाङबजार गाउँ कमिटिले ‘पुःर्नमिलन एबं शुभकामना आदान–प्रदान’ कार्यक्रमको थालनी गरेको हो।

खोटाङबजारमा हरेक दशैंको फुलपातीका दिन सञ्चालन गरिने ‘पुःर्नमिलन एबं शुभकामना आदान–प्रदान’ कार्यक्रम नियमित गाउँमा बस्ने तथा चाडवाडका लागि घर आएका स्थानीयको उपस्थितिमा बुधबार गरिएको छ । द्धन्द्ध कालमा भने अन्य दलसँग मिलेर कार्यक्रम चलाएको एमालेले द्धन्द्ध कालको समाप्तीपछि भने पुःन एक्लै कार्यक्रम सञ्चालन गर्दैआएको छ। 

एमाले खोटाङबजारका अध्यक्ष केदार ढकालको अध्यक्षतामा भएको कार्यक्रममा एमाले बैकल्पिक केन्द्रीय सदस्य एबं सांसद बिशाल भट्टराई, कुमार पराजुली, मिलन श्रेष्ठ, गोकुल परियार, हरि बुढाथोकी, यदु वस्नेत लगायतले शुभकामना मन्तव्य दिएका थिए।

‘गाउँमा बस्ने तथा गाउँबाहिर रहेर चाडपर्व मनाउन घर आएका स्थानीयलाई घुलमिल गराउनका लागि ‘पुःर्नमिलन एबं शुभकामना आदान–प्रदान’ कार्यक्रम नमूना सावित भएको छ,’ सांसद भट्टराईले भने, ‘लामो समयसम्म टाढा भएर बसिरहेका आफन्तलाई एकै थलोमा ल्याएर सुखदुःख साटासाट गर्ने माध्यम बनेकाले यो कार्यक्रमले सत्ताईस वर्षसम्म निरन्तर चलिसकेको छ।’ 

प्रकाशित: १२ आश्विन २०७४ ०६:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App