१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

ठेकेदार काम छाडेर बेपत्ता

काठमाडौं- सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत स्वास्थ्य क्षेत्रका भवन निर्माणको ठेक्का लिएका २४ वटा निर्माण कम्पनी बीचमै काम छाडेर भागेका छन् । यसरी भाग्नेमा पूर्वमन्त्री विक्रम पाण्डे सञ्चालक रहेको कम्पनी पनि छ । यी कम्पनीले ३० वटा भवन निर्माणको ठेक्का लिएका थिए ।

निर्माण व्यवसायीको कहीं न कहीं कनेक्सन हुन्छ । कारबाही गर्न थाल्यो भने हाम्रै सरुवा गराइदिन्छन् : शिवहरि शर्मा, महानिर्देशक, सहरी विकास तथा भवन निर्माण विभाग।

एक सय ३० वटा रुग्ण आयोजनामध्ये ३० वटा आयोजनाका ठेकेदार भागेका हुन् । विभागअन्तर्गत देशभर ३५ वटा डिभिजन कार्यालय छन् । तर ती कार्यालयको नेतृत्व गरेका कर्मचारीको फितलो अनुगमन र व्यवस्थापनले कुनै पनि आयोजना समयमै सकिएका छैनन् ।

एक वर्षभित्रमा निर्माण सम्पन्न गरिसक्नुपर्ने यी भवन निर्माणको काम अहिलेसम्म सकिएको छैन । नौ वर्षपहिलेका सम्झौता अहिलेसम्म पनि कार्यान्वयन भएको छैन । १३० कम्पनीले ०६५ देखि ०६९ बीचमा एक वर्षमा निर्माण सम्पन्न गर्ने ठेक्का लिएका थिए ।

सहरी विकास मन्त्रालयका अनुसार पूर्वमन्त्री पाण्डेको मैनाचुली÷कालिका संयुक्त लगानीले धनकुटा डिभिजन कार्यालयअन्तर्गत आर्थिक वर्ष ०६८÷६९ मा खोटाङका दुईवटा स्वास्थ्य चौकी भवन निर्माणको ठेक्का लिएको थियो । ०६९ भित्र निर्माण सम्पन्न गर्नुपर्ने जालपा र सावा कटरे स्वास्थ्य चौकी भवन निर्माण कार्य बीचमै छोडेर कम्पनी भागेको हो

सबैभन्दा बढी पर्सा डिभिजन कार्यालयअन्तर्गत २२ वटा भवन निर्माणका सम्झौता भएका थिए । यीमध्ये ११ वटाको काम वर्षौं बितिसक्दा पनि पूरा भएको छैन भने ११ आयोजनाका ठेकेदार काम बीचमै छाडेर भागेका छन् ।

सुर्खेत डिभिजन कार्यालयअन्तर्गतका पा“चवटा आयोजनाका ठेकेदार भागेका छन् । मन्त्रालयका अनुसार यसरी काम छाडेर भाग्नेमा अञ्जना निर्माण सेवा प्रालि काठमाडौं, डिएस कन्स्ट्रक्सन, डा“फे÷तिरुपति संयुक्त लगानी, बिरुवा कन्स्ट्रक्सन प्रालि, बानेश्वर, स्वस्तिक श्री विनायक कन्स्ट्रक्सन, टौदह कन्स्ट्रक्सन, पप्पु÷सतरुपति संयुक्त लगानी, विशाल एन्ड विराज कन्स्ट्रक्सन, प्रालि जोरपाटी, शिवराम कन्स्ट्रक्सन प्रालि दोलखा, म्याग्लुङ÷तौदह÷पञ्चकन्या संयुक्त लगानी छन् ।

यीमध्ये स्वस्तिक श्री विनायकले दुईवटा भवनको ठेक्का लिएको थियो । मन्त्रालयले उपलब्ध गराएको विवरणमा अधिकांश कम्पनीको ठेगाना खुलाइएको छैन । अञ्जना निर्माणले ०६६÷६७ मा रौतहटको मोहमदपुर स्वास्थ्य चौकी भवन निर्माणको ठेक्का लिएको थियो । डिएस कन्स्ट्रक्सनले ०६६÷६७ मा बाराको हर्दियास्थित प्राथमिक स्वास्थ्य चौकी भवन निर्माणको ठेक्का लिएका थियो । यसैगरी डा“फे÷तिरुपतिले ०६६÷६७ मा बाराको पिपरापाटी पछरौटास्थित उपस्वास्थ्य चौकीमा हेल्थ पोस्ट भवन निर्माणको ठेक्का लिएको थियो । बिरुवा कन्स्ट्रक्सनले ०६६÷६७ मा बाराकै इटियाही हेल्थ पोस्ट निर्माणको काम लिएको थियो ।

यसैगरी स्वस्तिक श्रीले पर्साको भवानीपुर उपस्वास्थ्य चौकीमा हेल्थ पोस्ट र भेडिहारी उपस्वास्थ्य चौकीलाई स्तारोन्नति गरी स्वास्थ्य चौकी भवन निर्माणको जिम्मा लिएको थियो । यी दुवै आयोजनामा कम्पनीले आधा काम गरेर छाडेको छ । यसैगरी टौदह कन्स्ट्रक्सनले बाराको कलैया अस्पताल परिसरमा स्टाफ क्वार्टर बनाउने ठेक्का लिएका थियो । तर फिनिसिङको काम नसकी ठेकेदार सम्पर्कबाहिर छन् ।

शिवराम कन्स्ट्रक्सन प्रालि दोलखाले दुईतले स्वास्थ्य चौकी भवन निर्माणको  ठेक्का लिएको थियो । यसले सिँढी र गारो लगाउने काम गर्दागर्दै बीचमा काम बन्द गरेको छ ।

पर्सा डिभिजनअन्तर्गत म्याग्लुङ÷टौदह÷पञ्चकन्या संयुक्त लगानी चाल्नाखेल काठमाडौंले औराहा स्वास्थ्य चौकी भवन निर्माणको ठेक्का लिएकोमा लामो समयदेखि काम बन्द गरेर सम्पर्कविहीन अवस्थामा छ ।

सुर्खेत डिभिजन कार्यालयअन्तर्गतका चारवटा निर्माण कम्पनी भागेका छन् । यीमध्ये जिएम कन्स्ट्रक्सन काठमाडांैले ०६७÷६८ मा दुईवटा स्वास्थ्य चौकी भवन निर्माणको ठेक्का लिएको थियो । यसरी भाग्ने अन्य तीन कम्पनीमा मैनाचुली÷सुरुचि संयुक्त लगानी, फ्राइन्डस् कन्स्ट्रक्सन काठमाडौं र डा“फे÷विशाल संयुक्त लगानी छन् । जिमले सुर्खेतको कटकुवा र जाजरकोट दल्लीको स्वास्थ्य चौकी भवन निर्माणको ठेक्का लिएको थियो । दुवै भवनको काम बीचमै छाडिएको छ ।

यसैगरी मैनाचुली÷सुरुचिले ०६६÷६७ मा सुर्खेत गुटु उपस्वास्थ्य चौकीमा हेल्थ पोस्ट भवन निर्माणको काम लिएको थियो । कम्पनीले दुईतले भवन निर्माण गर्दागर्दै काम छाडेको छ । फ्रेन्डस् कन्स्ट्रक्सनले ०६८÷६९ मा सुर्खेत काफलकोटमा स्वास्थ्य चौकी भवन निर्माणको ठेक्का लिएका थियो । भुइँतलाको ढलान गरेर काम छाडिएको छ । डा“फे÷विशालले पनि ०६८÷६९ मा जाजरकोटको दशेरा स्वास्थ्य चौकी भवन निर्माणको ठेक्का लिएको थियो । तर दुई तलाको भवन निर्माण गर्नुपर्नेमा पहिलो तलाको ढलान सकेर कम्पनी भागेको छ ।

यसैगरी धनकुटा डिभिजन कार्यालयअन्तर्गतका ४ वटा आयोजनाका ठेकेदार भागेका छन् । यीमध्ये ०६७÷०६८ मा दुई वटा भवन निर्माणको ठेक्का लिएको हिमडुङ एन्ड थोकर संयुक्त लगानी धनकुटा छ । यसले तेह्रथुमका मोराहाङ र पोक्लावाङ स्वास्थ्य चौकी भवन निर्माणको ठेक्का लिएको थियो । यसले पहिलोमा भुइँतलाको सिललेभलको र दोस्रोमा पहिलो तलाको लिन्टलको काम मात्र गरेर छोडेको छ । थप दुईमध्ये च्याङमिला÷बिरुवा संयुक्त लगानीले ०६८÷६९ मा संखुवासभाको चैतपुरमा प्राथमिक स्वास्थ्य केन्द्र भवन निर्माणको ठेक्का लिएको थियो । यसले दोस्रो तलाको काम गर्दागर्दै छाडेको छ । यसैगरी ०६८÷६९ मा धनकुटाको चुङमाङ स्वास्थ्य चौकी निर्माणको ठेक्का लिएको म्याग्लुङ÷पञ्चकन्या संयुक्त लगानीले काम बीचमै छाडेर भागेको छ ।

उदयपुर डिभिजन कार्यालयअन्तर्गत तीनवटा आयोजना निर्माण कम्पनी बीचमै काम छाडेर भागेका छन् । ०६५÷६६ मा जिल्ला अस्पताल भवन निर्माण ठेक्का लिएको कन्काई÷नेपाल प्रगति संयुक्त लगानी भवन निर्माण सम्पन्न गरेर अन्तिम बिल एवं कागजात लिई कार्यालयमा सम्पर्कमा नआएको विभागले जनाएको छ । दुईवटा आयोजनाको जिम्मा लिएको पूर्वमन्त्री विक्रम पाण्डेको कम्पनीले पनि काम पूरा गरेको छैन ।

यसैगरी ०६७÷६८ मा सप्तरी डिभिजन कार्यालयअन्तर्गत सिरहाको औरही प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माणको ठेक्का लिएको पिएस÷विशाल एन्ड विराज संयुक्त लगानी काठमाडौंले मूल्यवृद्घिसम्बन्धी विवादले गर्दा काम स्थगित गरेको छ । अर्को कम्पनी गीताञ्जली÷बीपी कन्स्ट्रक्सन संयुक्त लगानीले ०६८÷६९ मा ठेक्का लिएको सिरहाको सन्हैठा स्वास्थ्य चौकी भवन निर्माणको कार्य पनि स्थगित गरेको छ । यसले पनि मूल्यवृद्घिसम्बन्धी विवाद निकालेर काम स्थगित गरेको हो ।

यसैगरी डोटी डिभिजन कार्यालयअन्तर्गत दुईवटा आयोजनाको काम स्थगित भएको छ । आशिष÷जय गौरी संयुक्त लगानीले ०६७÷६८ मा अछामको बारला स्वास्थ्य चौकी भवन निर्माणको ठेक्का थिएको थियो । तर फिनिसिङ, इलेक्ट्रिकल र स्यानेटरीको काम बा“की छाडेर कम्पनी सम्पर्क बाहिर छ । यसैगरी ०६८÷०६९ मा अछामकै मष्टमण्डली स्वास्थ्य चौकी निर्माणको ठेक्का लिएको आइएम कन्स्ट्रक्सन पनि भुइँतलाको ढलान मात्र गरेर काम छाडेको छ । काम बीचमै स्थगित गर्ने कम्पनीमा रसुवा कन्स्ट्रक्सन कम्पनी प्रालि पनि छ । यसले ०६७÷६८ मा सल्यानको लेखपोखरा प्राथमिक स्वास्थ्य चौकी भवन निर्माणको ठेक्का लिएको थियो । तर काम अझै पूरा गरेको छैन ।

 रोल्पामा पनि एउटा आयोजना अधुरै छ । ०६७÷६८ मा प्युठानको खवाङ स्वास्थ्य चौकी भवन निर्माणको ठेक्का लिएको नेपाल प्रगति÷राप्ती÷उच्च हिमाल संयुक्त लगानीले भवनको दोस्रो तलाको काम गर्दागर्दै छाडेको छ । यसैगरी ०६८÷६९ मा दोलखाको लादुकमा स्वास्थ्य चौकी भवन निर्माणको ठेक्का लिएको डाप्चा÷बारा संयुक्त लगानीले माथिल्लो तलाको पर्खाल सकेपछि बा“की काम स्थगित गरेको छ ।

सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक शिवहरि शर्माले काम नगर्ने र छाडेर भाग्ने निर्माण कम्पनीमाथि कारबाहीको तयारी भइरहेको बताए । ‘हामी स्ट्रोङली कारबाहीमा जान्छांै, यसका लागि सूचना निकाल्ने तयारी पनि भइरहेको छ,’ उनले भने ।

शर्माले हरेक व्यवसायीको कुनै न कुनै राजनीतिक दल वा शक्ति केन्द्रस“ग सम्बन्ध हुने गरेको र कारबाही गर्न थाल्यो भने आफूहरूकै सरुवा गराइदिने गरेको गुनासो व्यक्त गरे । उनले व्यवसायी मात्र होइन कर्मचारी संयन्त्रमै पनि समस्या भएको बताए । ‘कारबाही गर्न प¥यो भने कर्मचारी पनि सोर्स फोर्स लगाएर सरुवा माग्छन्’, उनले भने ।

शर्माले कतिपय यस्ता प्रकृतिका सम्झौता रद्द गरेर हर्जाना तिराएको पनि बताए । ‘ठेक्का तोड्ने प्रक्रिया पनि जटिल छ । तोड्नेबित्तिकै उक्त कामको जिम्मेवारी लिने पनि कोही हुँदैन’, उनले भने ।

सहरी विकास मन्त्रालयका प्रवक्ता डा. रमेशप्रसाद सिंहले सबै रुग्ण आयोजनाको छानबिनका लागि समिति गठन गरेर छानबिन प्रक्रिया अघि बढाएको बताए । ‘समितिलाई छानबिन गरेर दोषी कर्मचारी वा निर्माण कम्पनीको नाम सिफारिस गर्ने अधिकार मन्त्रिस्तरीय निर्णयबाट प्राप्त भएको छ । छानबिन प्रतिवेदनले सिफारिस गरेका सबैलाई कारबाही हुन्छ’, उनले भने ।

प्रकाशित: २४ भाद्र २०७४ ०२:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App