२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

‘केयु स्कुल अफ आर्ट्स मीट एन्ड ग्रीट’ हुँदै

काठमाडौं—काठमाडौं विश्वविद्यालय (केयु) को सात स्कुलहरुमध्ये एक— स्कुल अफ आट्र्सको एक दिवसीय कार्यक्रम ‘केयु स्कुल अफ आर्ट्स मीट एन्ड ग्रीट– २०१७’ आगामी आइतबार स्कुल कम्प्लेक्स, हात्तिवन, ललितपुर आयोजना हुने भएको छ। 

स्कुल अफ आर्ट्समा अध्ययनको अभिलाशा राख्ने विद्यार्थीहरु जम्मा हुने अपेक्षा गरिएको सो मेलामा विद्यार्थीहरुले अध्ययनका विषय, तिनको व्यावसायिक बजार महत्वबारे जानकारी हासिल गर्न सक्ने जनाइएको छ। 

विद्यार्थीहरुले आफ्ना रुचिका कोर्सबारे विस्तृत परामर्श पाउनेछन्। स्कुल अफ आट्र्सको एउटा अंश सेन्टर अफ आर्ट एण्ड डिजाइनले आफ्ना कामहरु प्रदर्शनीमा राख्नुका साथै शिक्षक र विद्यार्थीका लाइभ पोट्रेटका नमूना सत्रहरु हुनेछन्।

‘काठमाडौं विश्वविद्यालय सदैव सामाजिक विज्ञानलाई प्रबद्र्धन गर्दै त्यसको लागि उत्कृष्ठ वातावरण तयार पार्न क्रियाशील छ’, स्कुलका डिन डा. सागरराज शर्माले भने, ‘पछिल्ला बर्षमा उल्लेख्य मात्रामा विद्यार्थीहरु पाइरहे हाम्रा कोर्सहरुबारे धेरैभन्दा धेरैले थाहा पाउन भन्ने उद्देश्यबाट मेला आयोजना गरिएको हो।’ 

आइतबारको कार्यक्रममा आउने विद्यार्थीहरुले आफ्ना रुचिका कोर्सबारे विस्तृत परामर्श पाउनेछन्। स्कुल अफ आट्र्सको एउटा अंश सेन्टर अफ आर्ट एण्ड डिजाइनले आफ्ना कामहरु प्रदर्शनीमा राख्नुका साथै शिक्षक र विद्यार्थीका लाइभ पोट्रेटका नमूना सत्रहरु हुनेछन्। स्कुलकै संगीत विभागले लाइभ म्युजिक प्रस्तुत गर्नेछ। मिडिया अध्ययनका विद्यार्थीहरुले आफ्ना श्रव्य—दृश्य कामहरु प्रदर्शन गर्नेछन्। आगन्तुक विद्यार्थीका लागि केयु स्कुल अफ 

मेडिकल साइन्सेसको सहयोगमा निःशुल्क स्वास्थ जाँच समेत हुनेछ ।

यो कार्यक्रम, साउनमा आएको बाढीबाट ठूलो क्षति झेलेको केयु स्कुल अफ आर्ट्स अब सामान्य अवस्थामा फर्किरहेको जानकारी दिने अवसरको रुपमा समेत लिइएको डा. शर्माले बताए।

केयु स्कुल अफ आट्र्स सन् १९९६ मा संगीत विभागसाथ स्थापना भएको थियो। अहिले यसले चार बर्षे स्नातकमा अर्थशास्त्र, मिडिया अध्ययन, कम्युनिटी डेभलपमेन्ट, ललितकला र संगीतजस्ता व्यापक दायराका कार्यक्रमहरु समेटेको छ। 

प्रकाशित: २२ भाद्र २०७४ १५:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App