१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

थिमिका सबै वडामा योग साधना केन्द्र

भक्तपुर—मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले थिमिका प्रत्येक वडामा योग साधना केन्द्र निर्माण गर्ने घोषणा गरेका छन्।

आज शंखधर योग साधना केन्द्रको पाँचौ वार्षिकोत्सवका अवसरमा उनले थिमिका बासिन्दालाई मानसिक तथा शारीरिक रुपमा योगको माध्यमबाट निरोगी बनाउन नौवटै वडामा योग साधना केन्द्र निर्माण गरिने घोषणा गरेका हुन्।

साधना केन्द्र निर्माणका लागि नगरपालिकाले आवश्यक बजेट विनियोजन गर्ने उनको भनाइ छ। उनले बोडेको गुम्बालाई प्रक्रियागत तथा नियमसंगत रुपमा निर्माण गर्नका लागि रु ५० लाख विनियोजन गरिएको जनाए।

कार्यक्रममा नगरप्रमुख श्रेष्ठ, वडाध्यक्ष कुमार श्रेष्ठ, जिल्ला समन्वय समिति सदस्य उमेश श्रेष्ठ, रामकेशरी श्रेष्ठ, सुन्दरलाल श्रेष्ठ, योग गुरु नानीमैया थापा, पुष्प बज्राचार्य र पाँचजना योग साधकलाई सम्मान गरिएको थियो । रासस

प्रकाशित: १८ भाद्र २०७४ १२:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App