१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

बंगलादेशसँग नेपालको बदला

काठमाडौं- नेपालले मैत्रीपूर्ण खेलमा बंगलादेशलाई ३–१ को सेटमा हराउँदै गत वर्ष एभिसी दोस्रो सेन्ट्रल जोन भलिबलमा भोगेको हारको बदला लिएको छ ।

आर्मीको लगनखेलस्थित कभर्ड हलमा नेपालले २५–२७, २५–१७, २५–१६, २५–२३ ले हरायो ।

घरेलु कोर्टमा नेपालले पाहुना टोलीविरुद्ध उत्कृष्ट सुरुआत गरेको थियो । तर सर्भिस र डिफेन्सबाट नकारात्मक अंकलाई घटाउन नसक्दा नेपालले पहिलो सेट गुमाउनुपरेको थियो । पहिलो सेटमा नेपालले सर्भिस र डिफेन्सबाट नेगेटिभ अंक रोक्न नसक्दा बंगलादेशलाई खेलमा फर्कन सहयोग गरेको थियो । पहिलो सेटमा नेपालले सर्भिसबाट ५ अंक गुमाएको थियो ।

पहिलो सेट सुरुदेखि प्रतिस्पर्धात्मक रूपमा अगाडि बढेको थियो । १०–१०, १५–१५ को बराबरी हुँदै खेल अगाडि बढ्यो । २१–२० ले नेपाल अगाडि भएका बेला बंगलादेशले लगातार तीन अंक जोड्दै १ अंकले अग्रता लियो । तर बंगलादेशले खेल नियन्त्रणमा राख्न सकेन । राष्ट्रिय टोलीबाट विगतमा स्पाइकरको पोजिसनमा खेलेका सेटर एवम् कप्तान इमले स्पाइक र प्लेसिङ गरेर लगातार दुई अंक लिँदै खेल २३–२३ को बराबरीमा पु¥याए । खेल २५–२५ को बराबरी भएका बेला स्पाइकर होरोसिटले लगातार २ अंक लिएर पहिलो सेटमा उत्कृष्ट फिनिसिङ गरे । पहिलो अंक मनबहादुरको स्पाइक ब्लक गरेर लिएका होरोसिटले दोस्रो अंक स्पाइक गर्दै लिएका थिए ।

त्यसपछि सेट भने नेपालका लागि सुखद बने । ब्लक र स्पाइकमा नेपालले बंगलादेशी खेलाडीलाई पछि पार्दै खेलमा हाबी भयो । घरेलु मैदानमा फाइदा उठाउँदै स्पाइकर कुल थापा नेपाललाई सर्वाधिक स्कोर गर्ने खेलाडी बने । उनले अंक लिए ।

नेपालले बंगलादेशले पछिल्लो पटक दुई वर्षअघि पहिलो एभिसी सेन्ट्रल जोन भलिबलमा हराएको थियो । तर गत वर्ष भएको दोस्रो संस्करणमा भने नेपाल बंगलादेशसँग पराजित भएको थियो ।

नेपाली टोलीका प्रशिक्षक जगदीश भट्टले घरेलु मैदानमा खेल्दा खेलाडीले दबाब महसुस गरेकाले पहिलो सेट गुमाउनुपरेको बताए । उनले भने, ‘सुरुमा खेलाडी केही दबाबमा थिए । हामीले डरलाई हटाएर खेल्न जरुरी थियो । ब्लक र रिसिभमा हामीले राम्रो गरेका कारण खेल जित्यौं ।’

नेपाल र बंगलादेशले बुधबार दोस्रो मैत्रीपूर्ण खेल खेल्नेछन् । मंगलबार नेपाली टोलीका ओपन स्पाइकर कुलबहादुर थापा सर्वाधिक स्कोर कर्ता बने । उनले २१ स्कोर गरे । त्यस्तै नेपालका स्पाइकर हरि अधिकारीले १३, मानबहादुर श्रेष्ठले १२ र इम रानाले ९ अंक जोडे ।

बंगलादेशका प्रशिक्षक अली पोउरले खेलाडीले खेलको वास्तविक अवस्था बुझ्न नसक्दा हार्नुपरेको बताए । उनले भने, ‘भलिबलमा वास्तविक अवस्थाको बारेमा बुझ्न जरुरी छ ।  खेलाडीले नेपाली कोर्टमा खेल्दा त्यसलाई बुझ्न सकेनन् । सधंै खेल हाम्रो नियन्त्रणमा हुँदैन । तर हामीले त्यसलाई बुझेर परिवर्तन गर्ने कोसिस गर्नुपर्छ ।’

‘सुरुमा खेलाडी केही दबाबमा थिए । हामीले डरलाई हटाएर खेल्न जरुरी थियो । ब्लक र रिसिभमा हामीले राम्रो गरेका कारण खेल जित्यौं ।’

 

 

 

प्रकाशित: १४ भाद्र २०७४ ०७:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App