१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बालक अपहरण गरी पन्ध्र लाख फिरौती माग्ने पक्राउ

राजविराज– अाफ्नै भाइलाई अपहरण गर्ने दाइसहित तीन युवकलाई सप्तरी प्रहरीले पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ। राजविराजस्थित जिल्ला प्रहरी कार्यालय सप्तरीमा आज आयोजित पत्रकार सम्मेलनमा सप्तरीको रौतहट गाविस– २ बस्ने गङ्गाई दासका आठवर्षीय छोरा सिकेन्द्रलाई अपहरण गर्ने सिकेन्द्रको ठूलो बुबाको छोरा (दाइ) १६ वर्षीय जितेन्द्रकुमार दास र १८ वर्षीय दिलीपकुमार दास तथा १५ वर्षीय अरविन्दकुमार दासलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो।

सिरहाको लहानस्थित ग्लोबल बोर्डिङ स्कुलमा अध्ययनरत सिकेन्द्रलाई तीनै युवकले घर नजिकैको चौरबाट तीन दिन अगाडि ललाइफकाइ दिलीप र अरविन्दले स ४ प ३९३३ नंको यमाहा मोटरसाइकलमा चढाएर भारतको लोकाहा हुँदै जटही भन्ने ठाउँसम्म पुर्याएको प्रहरीले जनाएको छ।

बालक अपहरणपछि उनको परिवारलाई अरविन्दले प्रयोग गरेको ९८२५७४२७५९ नंको मोबाइलबाट अपहरणकारी तीनै जनाले फोन गरी रु. १५ लाख फिरौती माग गरेको प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले जानकारी गराए।

उनका अनुसार अपहृत बालकका काका झवर दासले प्रहरीलाई जानकारी दिएका आधारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र भारतीय प्रहरीको सक्रियतामा अपहृत बालकलाई उद्धार गरेका हुन्। अभियुक्त तीनै जनालाई प्रहरीले पक्राउ समेत गरेको छ।

अभियुक्तविरुद्ध अपहरण तथा शारीरिक बन्धक मुद्दा चलाइने प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताए। रासस

 

प्रकाशित: ११ श्रावण २०७३ ११:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App