१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

संशोधन अनुमोदन गराउने काम सरकारको: संयोजक ठाकुर

काठमाडौँ- राष्ट्रिय जनता पार्टी (राजपा) ले संविधान संशोधनको प्रस्ताव पारित गरेपछि मात्र स्थानीय तहको निर्वाचनमा सहभागी हुने जनाएको छ।

यहाँ आज आयोजित पत्रकारसम्मेलनमा पार्टीका संयोजक महन्थ ठाकुरले संविधान संशोधनको विषय प्रतिपक्ष दललाई विश्वासमा लिएर अनुमोदन गराउने काम सरकारको भएको भए पनि त्यसतर्फ सरकार संवेदनशील नभएको बताए।

उनले राजनीतिक निर्णयबाट स्थानीय तहमा सङ्ख्या थप्नुपर्नेमा जोड दिँदै विगतमा मधेशमा भएका विभिन्न आन्दोलनमा मारिएकालाई शहीद, घाइतेलाई औषधि उपचारलगायत पार्टीका माग मन्त्रिपरिषद्बाट पूरा गर्न आग्रह गरे।

यसैबीच, सो पार्टीले आगामी असोज २ गते हुने चुनावमा भाग लिने वा नलिने विषयमा आधिकारिक निर्णय लिनका लागि केन्द्रीय समितिको बैठक आज सुरु भएको छ । यही साउन २५ गतेसम्म जारी रहने उक्त बैठकले पार्टीको घोषणापत्र, विधान र नियामावली पारित गर्नेछ । बैठकमा ८१५ केन्द्रीय सदस्य, भ्रातृ संगठनका प्रमुख तथा जिल्ला अध्यक्ष करिब ३०० गरी एक हजार ११५ जना सहभागी छन्।

पार्टीले संविधान संशोधनलगायत माग पूरा नभई स्थानीय लगायतका चुनावमा भाग लिन हुने वा नहुनेबारे ३० समूह बनाएर छलफल गरी आवश्यक निर्णय लिइने युवा संगठन अध्यक्ष रञ्जित सिंहले जानकारी दिए। रासस
 

 

प्रकाशित: २२ श्रावण २०७४ १४:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App