१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

डोटी खुल्ला दिसामूक्त जिल्ला घोषणा

डोटी – डोटीलाई बुधबार एक औपचारिक समारोहका बीचमा खुल्ला दिसामूक्त जिल्ला घोषणा गरिएको छ । देशभरकै ४१ औँ जिल्लाका रुपमा डोटीलाई खुल्ला दिसामूक्त जिल्ला घोषणा गरिइएको हो । 

जिल्ला सदरमुकाम सिलगढीमा भव्य साँस्कृतिक झा“की र र्‍याली सहित सरोकारवालाहरुको उपस्थितिका बीचमा जिल्लालाई खुल्ला दिशामुक्त घोषणा गरिएको छ । सो समारोहका बीचमा उच्च अदालत दिपायलमा मूख्य न्यायाधिश प्रकाश कुमार ढुङ्गानाले खुल्ला दिशामूक्त जिल्ला घोषणा गरेका हुन । 

राष्ट्रिय सरसफाई रणनीति–२०१० अनुसार सन् २०१७ भित्र राष्ट्रलाई नै खुल्ला दिशामुक्त राष्ट्र घोषणा गर्ने योजना तय गरिएको छ। 

सोही योजना अनुसार सन् २०११ मा डोटी जिल्लाको खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धी रणनीतिक योजना तयार पारेर पा“च बर्षभित्र अर्थाद् सन् २०१५ भित्र जिल्लालाई खुल्ला दिसामूक्त घोषणा गर्ने लक्ष्य लिइएको थियो । त्यसपछि लगत्तै बसेको साविककका गाविस सचिब तथा नगरपालिकाका प्रमूखको संयूक्त जिल्ला स्तरीय सरोकारवालाको भेलाले सन् २०१४ मै घोषणा गर्ने महत्वकांक्षी निर्णय भएको थियो। 

तर, ती सबै योजनाहरु असफल सावित हुँदै आएका थिए ।  साविकका गाविस र दिपायल सिलगढी नगरपालिका नै तोकिएकै समयमा खुला दिशामुक्त क्षेत्र घोषणा हुन नसक्दा रणनीति अनुसार काम हुन सकेन । त्यसपछि पनि जिल्लालाई खुला दिशामुक्त क्षेत्र घोषणा गर्न पटक पटक मिति तोकिदै असफल हुदै आएका थिए। 

साविकका जिल्लाका ५० गाविस र एक नगरपालिकाहरुमध्ये अन्तिम गाविस÷नगरपालिकाका रुपमा गतवर्ष असार ८मा दिपायल सिलगढी नगरपालिका खुल्ला दिसामुक्त घोषणा गरिएको थियो । त्यसपछि जिल्ला स्थानीय विकास अधिकारीको नेतृत्वमा रहने जिल्ला स्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिले प्रभावकारी रुपमा काम नगर्दा एकवर्ष ढिलो गरेर जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गरिएको छ। 
कार्यक्रममा जिल्लाको सरसफाई प्रतिवेदन प्रस्तुत गर्दै क्षेत्रीय अनुगमन तथा सुररिबेक्षण कार्यालयका ईन्जिनियर तथा जिल्ला खानेपानी, स्वास्थ्य तथा सरसफाई समन्वय समितिका सदस्य सचिव रमेश मण्डलले जिल्लाका शत प्रतिशत घरधुरीमा शौचालयको व्यबस्था भएको बताए।

उनले ९८ प्रतिशतले आफ्नै चर्पी बनाएको र दुई प्रतिशतले साझा शौचालय प्रयोग गर्ने गरेको बताएका छन । ‘निर्माण भएका शौचालयहरुमा ९८ प्रतिशत सुधारिएका शौचालय छन,’ प्रतिवेदन सार्वजनिक गर्दै उनले भने, ‘दुई प्रतिशत शौचालय अहिले पनि कच्ची छन्।’ 

जिल्लाका ८८ प्रतिशत जनसंख्यालाई आधारभूत खानेपानीको पहु“च पुगेको भएपनि दिगो र सुरक्षित खानेपानीको व्यवस्थापनमा ध्यान दिनुपर्ने समारोहका सहभागीहरूले जोड दिएका छन । जिल्लाका बजारहरू अहिले पनि दुर्गन्धित हुने गरेको कुरामा जोड दिएका सहभागीहरुले बजार क्षेत्रको सरसफाईका ध्यान दिनुपर्ने पनि सुझाव दिएका छन् । 

समुदायमा स्वास्थ्य सरसफाईबारे जनचेतनाको कमी रहनु, महिनावारीको बेला शौचालयको प्रयोग कम हुनु, बस्तुभाउको मलमुत्रको व्यवस्थापन नहुनु, बजार क्षेत्रको फोहोर मैलाको व्यवस्थापन नहुनुलाई सरसफाई क्षेत्रको चनौतीका रुपमा लिइएको छ। 

प्रकाशित: २८ असार २०७४ १०:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App