चुनौतीको चक्रब्यूह

मङ्गलबार, २७ असार २०७४, ०९ : २३ नरेन्द्रजंग पिटर

पश्चिम तराई मधेसको डेढ महिने गाउँबस्ती र देहात चाहारेर भर्खर राजधानी फर्कें। जे देखियो– व्यवस्थाको रूप फेरिनेबित्तिकै सत्ताको मूल चरित्र फेरिन सक्दोरहेनछ। बरु फेर्न गएकाहरू स्वयं फेरिँदारहेछन् तर फेरिनुपर्ने चिज भने फेरिन गाह्रो मान्दो रहेछ। माओवादीमाथि केन्द्रित हुन्छु। यदि परिवर्तनको राप र ताप जोगाउन स्वयं अगुवा नै उदासीन हुन्छन् भने उनैका हतियार थुतेर उनकै विरोधीले जाइलाग्छन्, हतियार कसैको हुँदैन्,चलाउनेको हुन्छ भन्ने कुरा अहिले माओवादीलाई छर्लंग भयो। दक्षिणपन्थी शक्तिहरू बरु तंग्रिए। २०६५ को १२१ को नजरले हेर्दा यो माओवादीको अत्यन्तै लज्जास्पद हार हो भने २०७० को २६ को तुलनामा चौथो विभाजन भोगेको पार्टीले यतिसम्म ल्याउनु, राजनीतिको केन्द्रमै रहनु र विरोधी र दक्षिणपन्थी शक्तिले समेत आफ्नै नारालाई रूपमै भए पनि स्वीकार्नुलाई जीत मान्ने तर्क बन्न सक्ला।

जब संगठनमा कुनै गम्भीर बहस नै हुँदैन तब पार्टी क्लबमा फेरिन्छ र स्वामित्व नभएकाले निर्णयहरू हुकुम भए पनि पालना गर्ने नैतिक दायित्व कसैलाई हुँदैन्।

यसै पेरिफेरीमा माओवादी केन्द्रको साउन २ गतेदेखि पिबियम र सिसियमबेगरको केन्द्रीय सचिवालय सदस्य र जिल्ला मुखियामात्रै सहभागी रहने छोटकरी बैठक हुँदैछ। जितका हजारौँ बाउमात्रै हैन् हजुरबाउको धेरैले दाबी गर्छन्, हारका भनेन कोही सन्तान न हकवाला...। आफैँमा गाँड कोराकोरमात्र हुने गर्छ। अर्को चुनाव संघारमा छ, नेतृत्वलाई भने त्यो पीडालाई अन्यन्त्र मोडेर तर्क कोरल्दै संगठनमा उत्साह र आवेग भर्नुपर्ने हुन्छ। जितको जस लिँदा हारको पनि नैतिक जिम्मेवार त कोही न कोही हुनैपर्ने हो। तर त्यो नेपाली संसदीय अभ्यासमा यस्ता सामान्य आदर्शसमेत नदेखाउने राजनीतिक संस्कारै बनिसकेको छ। पार्टीमा अनेकौँ समस्या भए पनि मिटिङमा कुनै छलफल बहस नहुनु नै माओवादीको हिजोका प्रमुख समस्या थिए। जब संगठनमा कुनै गम्भीर बहस नै हुँदैन तब पार्टी क्लबमा फेरिन्छ र निर्णयमा स्वमित्व नभएकाले निर्णयहरू हुकुम भए पनि पालना गर्ने नैतिक दायित्व कसैलाई हुँदैन्।

निर्मम समीक्षा खाँचो

टाउकाको बिरामी, नाइटाको ओखती कच्चा वैद्यको काम हो। निर्मम समीक्षाको अर्थ उपलब्धि र कमजोरीको तीतो एवं वस्तुनिष्ठ अनुसन्धान गर्दै नैतिक जिम्मेवारी लिने पनि हो। समीक्षा– समस्याको पहिचान र निदानको खोजी भएकाले निर्मम भएन् भने त्यो औपचारिकतामा मात्र टुंगिन्छ। तर लहरो तान्दा पहरो हल्लने हुँदा यस्ता बैठकले निर्मम समीक्षा भने गर्ने छैनन्। माओवादी केन्द्र स्वयं कम्युनिस्ट पार्टी नभई स्केन्डभियन देशहरूको सोसल डेकोक्रेट हैसियत पनि अहिले राख्दैन तर नारा र राज्यसत्ताका चरित्र बुझ्न र व्यावहारिक सम्बोधन गर्न सबभन्दा प्रगतिशील पार्टी भने हो। माओवादीका चाहना र यथार्थबीच भयानक टकराहटलाई विचारले सिर्जित पार्टीका सीमा, समस्या, कमजोरीको पहिचान गरेरअझै उसले उपचारका नयाँ नीति, विधि, योजना र कार्यक्रम बनाउन सक्छ। त्यही आत्मस्वीकार समीक्षाका पहिलो सर्त बन्नुपर्ने हो। समस्या विचारमा छ, संगठनमा छ, राजनीतिक संस्कृतिमा छ, त्यो जबसम्म स्वीकार समीक्षामा हुँदैन तबसम्म बैठक नभई त्यो जमघट र भेटघाटमा मात्र टंुगिन्छ।

व्यवस्थापन

व्यवस्थापनको पाटो माओवादीमा सबभन्दा ठूलो कमजोरी हो। विचारको व्यवस्थापन र त्यस निर्देशित संगठनको व्यवस्थापन पहिलो सर्त हो। विचार व्यवस्थापन भएमात्र पार्टी जीवन र कार्यकर्ताको विवेकसहितको आवेगले सामाजिक परिचालन वा आन्दोलन ज्यावल बन्न सक्छन्। तबमात्र संघर्षको मोर्चा र त्यसका अगुवा को हुन? भन्ने जनस्तरमा पहिचान भएर संगठनकला काम लाग्छ । जनयुद्धले समग्र क्षेत्रमा महत्वाकांक्षा बढायो तर त्यो पूरा गर्न सकेन नै, बरु त्यसले जातीय र क्षेत्रीय आवेग पन्पिए। त्यसको धरापमा आन्दोलन नै पर्‍यो। विचार र महत्वाकांक्षाको उचित व्यवस्थापन कमजोरीका कारण चौथो विभाजन हुँदै गुट निर्माण र सञ्चालनका आधार बने।

रिपोर्टिङ

नेतृत्वका कान र आँखा भनेका संगठन हो र हरेक योजना रिपोर्टिङका आधारमा बन्ने गर्छन्। माओवादी संगठन त हजारीमलले भरिएकाले अस्तब्यस्त त छनै, रिपोर्टिङ पनि वस्तुनिष्ठ नभएर नेताले के सुन्न चाहन्छन् सोहीअनुसारको हुने गर्छन्।

दोस्रो संविधानसभाको चुनावपहिले जिल्लामा खटाइएका अभियन्ताका स्थलगत रिपोर्टिङ मिटिङ खन्ना गार्मेन्टमा भएको थियो। २ सय ४० निर्वाचन क्षेत्र स्थलगत महिनाभरको अभियानबाट फर्केका (केन्द्रीय सदस्य र सल्लाहकार) ले सबैजसो क्षेत्रमा जितिने रिपोर्ट गर्दा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता डा.बाबुराम भट्टराईको चेहरामा धपक्क कान्ति छायो। रिपोर्टिङ र परिणामको तालमेल नमिल्दा भने मतगणना बहिष्कार गर्ने रातमै निर्देशन जारीमात्र भएन, डा. भट्टराईको निर्देशन त अझ कडा थियो। त्यसको लगत्तै एक दैनिकमा यस पंक्तिकारले 'ऐना नहेरी अरुलाई दोष लगाउनु गलत हो भन्दै निर्मम समीक्षा गर' भन्ने लेख्यो। तर अहिले पनि चालचलन र चरित्र भने फेरिएको छैन्। जसको प्रस्ट प्रभाव यस चुनावमा देखा पनि परे।

अन्तर्घातको मनोविज्ञान

कमजोरीको चर्चा गर्दा पहिलो अज्ञानतावस भूलका कारणले हुने गर्छन् भने दोस्रो पक्ष योजनाबद्ध हुन्छ। त्यो भनेको अन्तर्घात हो। अन्तर्घातपछाडि कारण र मनोविज्ञान छिपेको हुन्छ। आफ्नै सम्भावित प्रतिद्वन्द्वीको वर्चस्व कायम भयो भने भविष्यमा आफ्नो राजनीतिक हैसियत र उपादेयता सकिन्छ भन्ने डरले सताइएकाबाट अन्तर्घात हुने गर्छ। जित्न नसके पनि हराउन सक्छु भन्ने प्रतिक्रियाको आवेग हुन्छ। अयोग्यलाई हैसियतमा पुर्‍याएर भविष्यको प्रतिद्वन्द्वी समयमै ठेगान लगाउनु, सहयोद्धा र सहयात्रीलाई प्रतिद्वन्द्वी देख्न पुग्दा आफन्त पराय हुन पुग्छ। बरु सत्रुको सत्रु मित्र ठहरिन सक्छ। त्यसका कारणमा आफ्नै घरमा राँको लगाएर आगो ताप्ने कुलंगार भोग्नु संसदीय व्यवस्थाका चतुरे कार्य ठहर्छ। माओवादीभित्र अन्तर्घातको अर्को महत्वपूर्ण पक्ष भनेको माओवादीमुक्त माओवादी बनाउने खेल पनि हो। अयोग्य र विचारहीनको राजनीतिक सुरक्षा पनि शक्तिको फेरो समातेर हुन्छ भन्ने मान्यता नेपाली समग्र राजनीति संस्कृतिको प्रभावको झन् पीडा माओवादीले झेल्दै गयो। 

तालमेलको औचित्य

नेपालको जनमत वामढल्को छ। असंगठित ती मत वामपार्टीमा ओहोरदोहोर गरिरहन्छन्। हुकुम वा आन्तरिक पार्टी निर्देशनले त्यस मतलाई कुनै असर पार्दैन। कांग्रेस वा वामपन्थी मत यताउता पटक्कै हुनेवाला छैनन्। स्वयं पूर्वमाओवादी घटककै तालमेलमात्र भएको भए पनि ५० भन्दा ज्यादा सिटको परिणाममा असर पार्थ्यो। भएका तालमेललाई मतदाताले स्वीकार गरेनन्। त्यसको सबभन्दा ठूलो भावनात्मक असर माओवादीलाई पर्‍यो।

सत्यले प्रचार पाएन भने

अश्वत्थामा मरेको कपटी सूचनाले द्रोणचार्य मारिए। विश्व प्रसिद्ध एप्पलका निर्माता स्टिभ जब्सले आफ्ना जैविक बाबाआमा अब्दुल्लाजन जिन्दाली र जोम सिमसन नभई पालनपोषण गर्ने पाउल र क्लारा जब्सलाई नै बाउआमा मान्दै आए। उनी प्रसिद्ध भएपछि मात्र जैविक अभिभावकको खोजी भयो। अझ जिन्दालीको होटलमा स्टिभ्सले खाना खाएको कुरा छोरीलाई भन्दा मात्र जब्स आफ्नै जैविक छोरा भएको कुरा अब्दुल्लाले थाहा पाए। वास्तविकता के हो भन्दा पनि चर्चा के कसरी हुन्छ त्यसलाई कसरी, कसले स्वामित्व लिन्छ, जनताले कसरी आत्मसात गर्छन् भन्ने प्रमुख कुरा हो। गाउँबस्तीमा अहिले पनि यो सनातनको चुनाव हो कि ठूलो परिवर्तनपछिको पहिलो चुनाव? न मतदातालाई वास्ता छ, न त्यही प्रकारको जनशैलीमा प्रचार नै भएको छ। माओवादीसमेत सापटी उम्मेदवार खोज्छ भने अरुको त के कुरा रह्यो र? न्ाारा आफ्नो तर त्यसैमा टेकेर अरुको विजयलाई माओवादीले चुनावी परिणाम पचाउन सकिरहेको छैन्। अध्यक्ष प्रचण्डले भनेका छन्– आफ्नो चामल बिक्न सकेन, अरुले पीठो बेचे। भनाइको मतलव सत्य पनि प्रचार नगरे त्यसलाई अर्काले हत्याउँछ। सत्य थाहा नभएको भए भ्रमित सत्यका साथै स्टिभ जब्स पनि मर्थे। माओवादीले न जनशैलीमा आफ्ना नारा मार्केटिङ गर्न सक्यो,न त्यसलायक संगठन नै रह्यो, न त उसको मिडियाका कुनै सशक्त भूमिका नै देख्न सकियो।

अन्त्यमा

नेपाली जनमत बामढल्को र परिवर्तनवादी भए पनि त्यो लामो समय टिकिरहने छैन्। पुरानो पुस्ता प्रतिबद्ध त छ तर दोहोरो चरित्रमा रमाएको 'भौतिकवादी कम्युनिस्ट' हो। उसमा जोशिलो सक्रियता अब देखिँदैन। नयाँ पुस्ता राजनीतिबाट टाढिदैछ। जब आन्दोलन रहँदैन तब पार्टीमा नयाँ पुस्ताको भर्ती कम हुन्छ। परिवर्तनको प्रमुख बाहक माओवादी केन्द्रमा स्वयं विचार, संस्कृति र संवेदनाको तीव्रतम स्खलन देखिन्छ। यस्तो अवस्थामा 'भगवानले रक्षा गरुन्' वा आसन्न केन्द्रीय छोटकरी बैठकले उपाय निकाल्दा माओवादी नयाँ हो भन्ने जनमत र मतदाताले स्वीकार्न पाउन्।








यसमा तपाईको मत

अन्य समाचार

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

यी स्मार्टफोनहरूमा गुगलका एप्सहरू चल्ने छैनन् | जस मध्ये गुगल प्ले स्टोर, गुगल क्रोम, गुगल म्याप्स, गुगल प्ले म्युजिक, गुगल...

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

Ncell Footer Ad