१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नेप्सेलार्इ बीमाकाे अाड, परिसूचक पुनः १८०० नजिक

काठमाडौं– नेपाल स्टक एक्सेञ्ज(नेप्से) परिसूचक पुनः १८०० अंक नजिक पुगेको छ। मंगलबार १८०० अंक नाघेको परिसूचक बुधबारको कारोबारपछि १७८६ अंकमा ओर्लिएको थियो। तर, साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबारको बजारले परिसूचकलाई पुनः १८०० नजिक पुर्याएको हो।

बिहीबार बजार उकासिएर दिउँसो १ बजेसम्म १८०४ अंकमा पुगे पनि त्यसपछि ओरालो लागेको सूचक त्यसपछि पुनः १७९८.८३ अंकमा पुगेर स्थिर भएको छ। बिहीबार ११.९९ अंकले शेयर बजार उकासिएको छ।

यस दिन कारोबार रकम भने औषत नै रहेको छ। ७ हजार ५ सय ८३ करोबारमार्फत १ अर्ब ४८ करोड ६९ दाख ३८ हजार १ सय ५३ रुपैयाँबराबरका ३१ लाख ५४ हजार ४ सय ९२ कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन शेयर बजार सूचक उकास्न बीमा समूहको उल्लेख्य योदान रह्यो।

बीमा समूहको सूचक यस दिन १२५.५६ अंकले उकासियो। त्यस्तै, उत्पादन समूह ६९ अंकले उकासियो । जलविद्युत्बाहेक सबै समूहको समूहगत परिसूचक यस दिनको कारोबारमा हरियो नै रहे।

 

प्रकाशित: ६ श्रावण २०७३ १०:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App