२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकाद्वारा भारतीय नागरिकलाई आतंककारी घोषणा

वाशिङ्टन- भारतीय नागरिक रिकुटर मोहमद शफी अरमरलाई अमेरिकाले विश्व आतंककारी भएको घोषणा गरेको छ। उनीमाथि भारत र त्यसका सीमावर्ती क्षेत्रमा आतंक फैलाएको आरोप लागेको छ।

अमेरिकाले आफ्नो स्पेशियली डेजिगनेटेड ग्लोबल टेरोरिस्टको सूचीमा भारतीय नागरिकलाई पारेको यो पहिलोपटक हो। अरमरको नाम अमेरिकाको अफिस अफ फरेन एसेट्स कन्ट्रोल अफ द युएस ट्रेजरी डिपार्टमेन्टमा समेत सामेल गराइएको छ।

सूचीका परेका मानिसहरूको आर्थिकलगायत अन्य गतिविधिहरूमा अमेरिकाले निगरानी गर्छ। आतंकवादी संगठन र आगुऔषध कारोबार गर्नेहरुबारे यस संगठनले निगरानी गर्ने गर्छ।

अरमर भारतको फरेन टेरोइस्ट अर्गनाइजेसनका प्रमुख भएको र उनले नै अन्य आतंकारीहरूको नियुक्ति गर्ने गरेको अमेरिकी विदेश मन्त्रालयले गरेको एक अनुसन्धानले देखाएको छ।

अमेरिकाले भारतको आतंकवादी गतिविधिमाथि अध्ययन गर्ने सुरू गरेको पहिलो पटक हो।

उनले आफ्नो पक्षमा सयौं समर्थकहरू बनाइसकेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ। भारतका सीमावर्ती तथा अन्य विभिन्न क्षेत्रहरूमा आतंकवादी गतिविधिहरू फैलाउनका लागि उनले धेरै हातहतियारहरू समेत जम्मा गरिसकेको एक अध्ययनले देखाएको छ।

प्रकाशित: २ असार २०७४ ०८:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App