१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

करेन्ट लागेर बालकको मृत्यु

म्याग्दी- मङ्गला गाउँपालिका-२ बाबियाचौरमा करेन्ट लागेर आज एक बालकको ज्यान गएको छ ।खिमबहादुर घर्तीका दुई वर्षीय छोरा नवीनको बिजुलीको तारसँग अचानक सम्पर्कमा आउँदा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

 करेन्ट लागेर उनीसँगै खेल्दै गरेका बेनी नपा–५ घर भई दिदीको घरमा गएका ११ वर्षका हिमाल किसानसमेत घाइते भएका छन् । खेलौना बिजुलीको तारमा अल्झिएपछि निकाल्ने क्रममा उनीहरुलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर घाइते भएका नवीनलाई उपचारका लागि स्थानीय स्वास्थ्य संस्था लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो । अर्का घाइते हिमालको भने उपचार भइरहेको छ । रासस

प्रकाशित: १३ जेष्ठ २०७४ ११:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App