२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

बहुमत गुमाए एक मिनेटमा सरकार छोड्छौ: सचिव ज्ञवाली

भक्तपुर-नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले संसदमा बहुमत गुमाएको एक मिनेटभित्रै बर्तमान सरकारले सरकार छोड्ने बताएका छन्। रफत सञ्चार क्लबले सोमबार यहाँ गरेको साक्षात्कारमा ज्ञवालीले संसदले गणितीय आधारमा गर्ने नियर्णलाई सहर्ष स्विकार गर्ने बताए।

ज्ञवालीले संविधान कार्यान्वयनको पाटोमा नेकपा एमाले अटल रहेको बताए । उनले सरकारको मोह भन्दा पनि संविधानको रक्षाका लागि काम  गरिरहेको दावी गरे।

ज्ञवालीले नयाँ सरकार गठन गर्न राष्ट्रपतिले बाधा अट्काउ फुकाउने, संविधान संशोधन गर्ने वा दलीय सहमती गर्ने आधारमात्र संविधानमा व्यवस्था भएकाले वर्तमान सरकारले संसदको उपयोग गरेको बताए।

उनले सरकारले त्यस्तो कुन गल्ती गर्यो र अविश्वासको प्रस्ताव ल्याउनुपर्ने वातावरणको श्रृजना भयो भनी प्रश्न गरे।  वर्तमान सरकारले सत्ता लम्बाउनु अनुचित सम्झौता नगरेको उनको भनाई थियो । सत्ता लम्बाउने भन्दा पनि संविधानको सफल कार्यान्वयनको पाटोलाई प्रमुखता दिएको उनको दावी छ।  

केपी शर्मा ओलीको चीन भ्रमण पश्चात गरिएका सम्झौताको कार्यान्वयन हुन नसके त्यसले नेपाललाई २० बर्ष पछि धकल्ने भन्दै उनले भने, चीनियाँ राष्ट्रपतिको भ्रमण पछिल्लो राजनीति दृश्यका कारण हुनेमा आशंका छ। उनले नेकपा एमालेले चीनियाँ राष्ट्रपतिलाई आमन्त्रण नगरेको र नेपाल सरकारले गरेका कारण राष्ट्रपतिको भ्रमणलाई निरन्तर दिनुपर्नेमा जोड दिए । यदी राष्ट्रपतिको भ्रमण हुन नसके यसले कुटनीतिक पक्षलाई समेत ओझेलमा पार्ने उनले बताए।

 

प्रकाशित: ३ श्रावण २०७३ ०९:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App