१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

महालक्ष्मी नगरको मेयर, उपमेयरसहित आठ वडामा एमाले

ललितपुर- महालक्ष्मी नगरपालिकाको मेयरमा एमालेका रामेश्वर श्रेष्ठ र उपमेयरमा एमालेकै निर्मला थापा विजयी भएका छन्। श्रेष्ठले ७७६४ र थापा ८६३६ मत ल्याएर विजयली भएका हुन्।

निकटतम प्रतिद्धन्दी मेयरमा नेपाली कांग्रेसका महेश खडकाले ६८०५ र उपमेयरमा कांग्रेसकै लक्ष्मी श्रेष्ठले ६३०५ मत प्राप्त गरेको निर्वाचन अधिकृत रामप्रसाद घिमिरेले बताए।

उनका अनुसार १० वटा वडा रहेको नगरपालिकामा ८ वटा वडामा एमालेले वडाध्यक्षसहित मुख्य पदमा जित हात पारेको हो। नेपाली कांग्रेसले वडा नम्बर ६ र माओवादी केन्द्रले वडा नम्बर १० मा वडाध्यक्ष सहित प्यानलमा जित हात पारेका छन्।

ललितपुरमा हालसम्म दुई नगरपालिका र तीन गाँउपालिकाको मत परिणाम घोषणा भएको छ। जसमा महालक्ष्मी नपामा एमाले, गोदावरीमा कांग्रेस, महाकाँलमा एमाले, बाग्मतीमा कांग्रेस र कोन्ज्योसोम गाँउपालिकामा माओवादी केन्द्रले जितेको छ।

प्रकाशित: ८ जेष्ठ २०७४ ०४:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App