१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

धादिङको नीलकण्ठ नगरपालिकामा काँग्रेस विजयी

नव निर्वाचित मेयर काँग्रेसका भीमप्रसाद ढुंगाना

धादिङ—धादिङको नीलकण्ठ नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका भीमप्रसाद ढुङ्गाना र उपमेयरमा माओवादी केन्द्रका मनराज भण्डारी (शैलेस) विजयी भएका छन्।

ढुङ्गानाले निकटतम प्रतिद्धन्द्धि नेकपा एमालेका अर्जुनकुमार श्रेष्ठ (गोर्खाली)लाई दोब्बर मतले पछि पारेका छन् । ढुङ्गानाले १३ हजार १ सय ६६ मत ल्याई विजयी हाँसिल गरेका हुुन्। श्रेष्ठले ६ हजार ६ सय ९० मत पाए। त्यस्तै उपाध्यक्षमा माओवादी केन्द्रका भण्डारीले १० हजार ३ सय २३  मत ल्याई विजयी भए भने उनका प्रतिद्धन्दि नेकपा एमालेका गंगादेवी श्रेष्ठले ७ हजार ४ सय ४४ मत ल्याई पराजित भए।

नीलकण्ठ नगरपालिकामा कांग्रेस र माओवादीबीच तालमेल थियो । मेयरमा कांग्रेस र उपमेयरमा माओवादी केन्द्रले भागबण्डा मिलाएका थिए। भागबण्डापछि कांग्रेसले उपमेयरमा मनोनयन दर्ता गराएकी कल्पना अधिकारी र माओवादी केन्द्रले मेयरमा मनोनयन दर्ता गराएकी शोभा ढंगोललाई उम्मेदवारी फिर्ता लिन लगाएको थियो । नेकपा एमाले एक्लै चुनावी मैदानमा उत्रिएका थिए।
    

 

प्रकाशित: ६ जेष्ठ २०७४ ०३:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App