१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

गोरखाको गण्डकीमा कांग्रेस विजयी

गोरखा –  गोरखाको गण्डकी गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार होमबहादुर राना विजयी भएका छन् । प्रतिद्वन्द्धी माओवादी केन्द्रका दिपक तिमल्सिनालाई पछि पार्दै उनले ४१३८ मत ल्याएर बिजयी बनेका हुन् । तिमल्सिनाको ३८६३ मत आएको थियो ।

यस्तै उप मेयरमा नेपाली कांग्रेसकै ललिता अधिकारी विजयी भएकी छिन् । उनले ४०९४ मत प्राप्त गरिन् । उनका  प्रतिद्वन्द्वी पूर्ण थापा ले ३८७३ मत पाएका थिए । 

वडा नम्बर ८ मा नेपाली कांग्रेस र माओवादी केन्द्रका वडा अध्यक्षको बरावर मत आएपछि पुन गणना गरिएकाले औपचारिक घोषणा भने हुन बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । राना कृषि बिकास बैङ्कको जागिर छाडेर चुनाव लडेका हुन् । 

यो सँगै गोरखाको दुई गाउँपालिकामा कांग्रेस बिजयी भएको छ भने अन्यमा गणना जारी छ । 

प्रकाशित: ३ जेष्ठ २०७४ ०९:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App