१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नौकुण्डमा काँग्रेस विजयी

रसुवा – नौकुण्ड गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका नुर्पु साङ्वो दुई हजार ३०१ मत प्राप्त गरी विजयी भएका छन्। 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका म्लाङदुङ मोक्तानले एक हजार ७१७ मत प्राप्त गरे । सो गाउँपालिकाको उपाध्यक्षमा एमालेका सिर्जना तामाङले एक हजार ६०९ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नयाँ शक्ति पार्टी नेपालका युटी लमिनीले एक हजार ५२६ मत प्राप्त गरेको निर्वाचन अधिकृत अशोकराज रेग्मीले जानकारी दिए । 

रसुवाका पाँचवटा गाउँपालिकामध्ये पार्वतीकुण्डको मात्र मतपरिणाम आउन बाँकी छ । रासस

प्रकाशित: ३ जेष्ठ २०७४ ०८:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App