१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

दुई दिनमा १० प्रतिशत गणना

काठमाडौं— मतदान सकिएको तीन दिनसम्म अधिकांश स्थानीय तहमा १० प्रतिशत पनि मतगणना हुन नसकेपछि निर्वाचन परिणाम कहिलेसम्म आउने भन्नेमा अन्योल उत्पन्न भएको छ।

आइतबार पहिलो चरणअन्तर्गत दुई सय ८३ मध्ये दुई सय ८१ स्थानीय तहमा मतदान भए पनि काठमाडौं, ललितपुर, भरतपुर, पोखरालगायत अधिकांश ठाउँका मतगणना १० प्रतिशतभन्दा बढी हुन सकेको छैन । गणनाले गति लिन नसकेपछि निर्वाचन परिणामको पर्खाइमा रहेका सर्वसाधारणले निर्वाचन आयोगको आलोचना गर्न थालेका छन्।

पहिलो चरणअन्तर्गत दुई सय ८३ स्थानीय तहका निर्वाचनमध्ये दुई तहमा निर्विरोध भएको थियो। चार ठाउँमा पुनः निर्वाचन गर्नुपर्ने भएको छ। मंगलबार रातिसम्म ३५ स्थानको मात्रै नतिजा आएको छ। १४ ठाउँमा एमाले, १० ठाउँमा कांग्रेस, नौ ठाउँमा माओवादी केन्द्र र दुई ठाउँमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।

काठमाडौं महानगरपालिका, ललितपुर उपमहानगरपालिका, भरतपुर महानगरपालिका र पोखरा महानगरपालिकाजस्ता लाखौं मतदाता भएका स्थानीय तहको गणना पाँच प्रतिशत कट्न सकेको छैन। मतगणनामा ढिलाइ भए पनि निर्वाचन आयोगले कुनै नयाँ व्यवस्था गर्न सकेको छैन।

निर्वाचन आयुक्त नरेन्द्र दाहालले स्थानीय तहको निर्वाचनमा मतपत्र ठूलो र उम्मेदवार धेरै भएकाले मतगणनामा ढिलाइ भएको बताए। ‘निर्वाचन अधिकृतले टोली गठन गर्दा धेरै संख्यामा गरेको भए चाँडो हुन्थ्यो,’ आयुक्त दाहालले नागरिकसँग भने, ‘अब मतगणना टोली थपिँदै जान्छन्, उम्मेदवारका प्रतिनिधिले पनि सानातिना समस्या कम गर्दै जान्छन्।’

निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले छिटो गणना सम्पन्न गर्न आयोगले मुख्य÷निर्वाचन अधिकृतलाई निर्देशन दिएको बताए । ‘मतगणना छिटो गराउन आयोगले आवश्यक व्यवस्था मिलाइसकेको छ,’ शर्माले भने, ‘गणना कार्य निरन्तर चलिरहेको र मतपरिणाम पनि प्राप्त भइरहेको अवस्थामा कतिपय स्थानमा राजनीतिक दल तथा उम्मेदवारका तर्फबाट ससाना र आधारहीन विषयमा समस्या खडा गरी मतगणनाको कार्य लम्ब्याउने गरेको पाइएको छ ।’ उनले यस्तो विषयमा राजनीतिक दल तथा उम्मेदवारसमेतले संवेदनशील भई गणनाको काम छिटो गर्न सहयोग पु¥याउन अनुरोध छ।’

पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले गणनामा ढिलाइ हुँदा मतपरिणाममाथि शंका उठ्ने खतरा हुने बताए। उनले यसअघि २०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा एक साताभित्रैमा सबै परिणाम आइसकेको बताए। उनका अनुसार यसपालि सबैको एउटै ठूलो मतपत्र, मतदाता शिक्षाको कमी र उम्मेदवार धेरै भएकाले समस्या भएको हो । उनले धेरै समूह बनाएर वडापिच्छे छुट्टाछुट्टै गणना गर्न सकिने बताए। ‘अब धेरै समूह बनाएर गणनालाई तीव्रता दिन सकिन्छ,’ उनले भने, ‘यही तालले ढिला हुने स्थिति देखाप¥यो र मतपरिणाम आउन ढिला भयो भने खतरा हुन्छ, बदमासीको शंका उठ्न सक्छ।’

अर्कापूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले जनशक्ति बढाएर मतगणना तीव्र बनाउनुपर्ने बताए । उनले मतगणनामा देखिएको समस्या हेरेर अर्काे चरणको निर्वाचनमा सुधार गर्न सकिने बताए । ‘कानुन पालना गर्नैप¥यो, हतार गर्दा गलत रिजल्ट आउन पनि भएन,’ उनले भने, ‘अब गर्न सक्ने भनेकै जनशक्ति बढाएर गणना गर्ने हो, आयोगले यसतर्फ जोड दिनुपर्छ।’

प्रकाशित: ३ जेष्ठ २०७४ ०१:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App