१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सल्यानको त्रिवेणी गाउँपालिकामा काँग्रेस विजयी, शारदाको मतगणना स्थगित

सल्यान- त्रिवेणी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेसले विजय हासिल गरेको छ।

अध्यक्षमा विजयी काँग्रेसका मानबहादुर डाँगीले दुई हजार ७६५ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का लोकेन्द्रसिंह खड्काले दुई हजार ३१७ मत प्राप्त गरे।

यस्तै उपाध्यक्षमा विजयी काँग्रेसका करुणा खड्काले दुई हजार ६४५ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका पवित्रा केसीले दुई हजार ३७७ मत प्राप्त गर्नु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

शारदा नपामा मतगणना स्थगित

सल्यानको शारदा नगरपालिकाको मतगणना स्थगित भएको छ । शारदा नगरपालिका–४ को मतगणना पारदर्शी नभएको भन्दै एमालेले मतगणना स्थलबाट बाहिरिएको थियो । एमालेले शारदा नगरपालिका–४ को मतगणना गर्ने क्रममा अनियमितता भएको भन्दै निर्वाचन अधिकृत माधवेन्द्रराज रेग्मीलाई लिखित उजुरी दिएको छ। रासस

 

प्रकाशित: २ जेष्ठ २०७४ १८:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App