१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

धादिङ – धादिङको त्रिपुरासुन्दरी गाउँपालिका १ मा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । 

बा ३ ख ३५५९ ट्रकले ग १३ प ३०६० नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको हो । ट्रकको ठक्करबाट स्कुटर चालक ३० वर्षीय रमेश श्रेष्ठको मृत्यु भएको हो भने स्कुटरमै सवार उनकी श्रीमती २६ वर्षीय सुनिता श्रेष्ठ गम्भीर घाइते भएकी छन् ।

घाइतेको सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको सल्यानटार प्रहरीले जनाएको छ । केन्द्रका डाक्टर सृष्टि उप्रेतीका अनुसार  घाइतेको अवस्था गम्भीर छ । 

दुवै सवारी नेपाली काँग्रेस त्रिपुरासुन्दरी गाउँपालिका अन्र्तगत त्रिशुरेश्वरमा भएको आमसभा तथा र्याली सकेर फर्किएको थियो । दुर्घटनापछि ट्रक र ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रकाशित: २९ वैशाख २०७४ ०५:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App