२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

बिहीबार मध्यरात देखि मौन अवधि, प्रचार-प्रसार गर्न नपाइने

काठमाडौं-  बिहीबार मध्यरातदेखि स्थानीय तह निर्वाचनको मौन अवधि शुरु हुने भएको छ। मौन अवधिको समयमा चुनावी प्रचार प्रसार निषेध हुने निर्वाचन आयोगले जनाएको छ। आइतबार स्थनीय तहको पहिलो चरणको निर्वाचन हुँदैछ।

स्थानीय तह निर्वाचन, निर्देशिका, २०७३ को दफा ६९ मा मौन अवधिमा प्रचार गर्न निषेध गरिएको उल्लेख छ। निर्देशिकाको दफा ६९ को (१) अनुसार मौन अवधि शुरु भएपछि मतदानको काम पूरा नभएसम्म निर्वाचन हुने पदका लागि निर्धारित क्षेत्रभित्र प्रचार गर्न पाइदैन।

सोही दफाको उपदफा (१) मा मतदान हुने दिनभन्दा ४८ घन्टा अघिदेखि मतदानको काम पूरा नभएसम्म कुनै उम्मेदवार वा दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उदेश्यले सभा, जुलुस, नाराबाजी गर्न वा अन्य कुनै प्रकारले प्रचार गर्न नपाउने उल्लेख छ।

प्रकाशित: २७ वैशाख २०७४ १३:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App