१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

महाअभियोग विषयमा केही पनि जानकारी छैन : ठाकुर

रौतहट- राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मन्डलमध्ये एक महन्थ ठाकुरले नेपाली काँग्रेस र माओवादी केन्द्रले संसदमा दर्ता गराएको महाअभियोग प्रस्तावको विषयमा केही पनि जानकारी नभएको बताएका छन् ।

आफूहरुले पत्रपत्रिकाबाट थाहा पाएकोले प्रस्तावको विषयमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र राजपा नेपालको कुनै दृष्टिकोण बनिनसकेको नागरिकलाई बताएका छन् । संसद्मा महाअभियोग दर्ता भए पनि प्रक्रिया बढ्ने–नबढ्ने अन्यौल रहेको बताए ।

औपचारिक जानकारी आएपछि मात्र केही प्रतिक्रिया दिन सकिने नेता ठाकुरले स्पष्ट पारे । अहिलेको आवश्यकता संविधानको संशोधन हुनु आवश्यक रहेको बताउँदै नेता ठाकुरले संविधान संशोधन नभए देशको राजनीतिक पहिलेजस्तै रहने सम्भावना औँल्याए । मोर्चाको आफ्नै एजेन्डा रहेको बताउँदै ठाकुरले आफ्नो एजेन्डामा मोर्चा अडिग रहेको समेत स्पष्ट पारे ।

 

प्रकाशित: १८ वैशाख २०७४ ११:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App