१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

संक्रमण

दिनमान गुर्मछान

कमल तामाङले आफ्नो हातको टिकट हे¥यो । उसको अनुहारमा मुस्कान पोतियो । अनुहार उज्यालियो र मनमनै भन्यो, ‘भोलि त आफ्नो देश फर्कने ।’
    चार वर्षपछि ऊ नेपाल फर्कंदै थियो । आफ्नो देश फर्किने उत्साहले भुइ“मा खुट्टा छैन । दुई हप्ता अघिदेखि नै उसले आफ्नो सामान प्याक गरिसकेको थियो । सामान झोलामा राख्दै ऊ दंग पथ्र्याे । दिनहु“ आफूले राखेको सामान झोलाबाट झिकेर हेथ्र्याे र आफूले बिर्सेको सामान भोलिपल्ट किन्थ्यो ।
    ‘ल, अब तिमी आफ्नो देश फर्कंदै छौ । यसो सम्झ“दै गर्नु । नेपाल आएपछि भेटौंला,’ कमलको रुम पार्टनरले भन्यो ।
कमलले हातको टिकट झोलामा राख्दै रुम पार्टनरलाई हे¥यो । चार वर्षस“गै एउटै कोठामा बसेको साथीको माया लागेर आयो । मिलेर बसेका थिए । सहोदर दाजुभाइ जस्तै । अहिले छाडेर जा“दै छु भन्ने परेपछि एक मन खिन्न भएर आयो । कमल उसको छेउमा गयो र भन्यो, ‘चार वर्ष स“गै बसियो । कहा“ सजिलै बिर्सन्छु त ! बेलाबेला फोन गरौँला । नेपाल आएपछि भेट्छु ।’
यति भनेर आफ्नो सामान मिलाउन थाल्यो । साथीले पनि सघायो ।
०००

कमल काठमाडौं पढ्न आउ“दा २० वर्षको थियो । स्नातक पढ्न पाटन कलेजमा भर्ना ग¥यो । घरबाट पैसा पठाइरहने अवस्था थिएन । त्यसैले उसले सानातिना काम गरेर पढ्न थाल्यो । तैपनि खर्च धान्न कठिन थियो । कलेज आउ“दा–जा“दा कमलको आ“खा नेहामाथि प¥यो । उसले नेहालाई बिस्तारै मन पराउन थालेको आभास भयो । आ“टेरै उसले प्रेमपत्र लेखेर दियो । नेहाले पनि त्यसको सजिलै जवाफ दिई ।
    स्नातक सकेर बिहे गरे । उनीहरूको विवाहमा कठिनाइ उत्पन्न भयो । नेहा भण्डारीकी छोरी थिई । उसको घरबाट विवाहका लागि स्वीकृति दिने कुरै थिएन । कमलको घरबाट पनि अर्काे जातकी केटी भनेर छिःछिः गरे । तर, दुवैबीच गहिरो प्रेम फुलिसकेको थियो । त्यसैले मन्दिरमा विवाह गरे ।
विवाह गरेको वर्ष जसोतसो बित्यो । बिस्तारै अभावले गाँज्न थाल्यो । दुवै काम गर्थे तर त्यतिले पुग्दैनथ्यो । अभावमा जिन्दगी कठिन हुन्छ । दुवैबीच पहिलेझैं संवाद हुन छाड्यो । कमलले यो सब बुझेको थियो । त्यसैले उसले विदेश जाने निर्णय सुनायो । उसको निर्णय सुनेर नेहा पहिले त तर्सिई । पछि आफूले भोग्नुपरेको अभावले थिच्यो र जान दिने सोच बनाई ।
र, कमल वैदेशिक रोजगारीका लागि नेपालको आ“गन छाडेर उड्यो ।
०००
कमल बिहान चाँडै उठ्यो । रातभरि सपनामा उसले नेपाल नै देख्यो । नेहास“गको पहिलो भेट उसले झलझली सम्झियो । अहिले पनि ऊ त्यही दिन सम्झिन खोज्थ्यो । उसलाई नेपाल गएर नेहालाई अ“गालोभरिको माया दिने हतारो थियो ।
    ‘तिमी आउने कुराले म कति खुसी छु भनी बयान गर्न सक्तिन“ ।’ अस्ति फोनमा नेहाले भनेकी थिई । सुनेर कमल मख्ख परेको थियो । उसलाई लाग्यो, म मात्र हैन नेहा पनि हाम्रो मिलनका लागि आतुर छे ।
आफू बस्ने कोठादेखि एयरपोर्टसम्म ऊ ट्याक्सी चढ्यो । ट्याक्सी भित्रबाटै कमलले आफूले काम गरेको सहरलाई नियाल्यो । उसलाई यो सहर निर्दयीको सहरझैं लाग्यो । आफ्नै देशमा रोजगारीको राम्रो अवसर पाए यहा“ नआए पनि हुनेजस्तो लाग्यो । चौबीसै घन्टा काममा दलेर यहा“का साहु धनी भएको हो भन्ने उसले ठम्यायो । अब यहा“ फर्केर पनि आउदिन“, उसले मनमनै भन्यो । यही सहरमा उसले पसिना बगाएको थियो । दिनरात नभनी घोटिएको थियो ।
    यो चार वर्षमा उसले १६ लाख रुपैयाँभन्दा बढी नेपाल पठाइसकेको थियो । त्यो पैसाले अब नेपालमै केही गर्ने उसको योजना थियो । नेहास“ग उसले कुरा गरिसकेको थियो । त्यसैले अब के गर्ने भन्ने अर्काे चिन्ता पनि थपिएको थियो । तर, उसलाई कहिले नेपाल पुगौँ भएर आयो ।
०००    
    नेपाल छाड्ने दिन नेहाले कमललाई एयरपोर्टसम्म पु¥याउन गएकी थिई । उसले एकछिन कमलको हात छाडिन । विछोडको त्यो घडीमा उनीहरूको मुटु बेतोडले धड्किएको थियो । छुटिनुपर्ने पीडा दुवैको अनुहारमा झल्किरहे पनि दुवै मुस्कुराउने प्रयास गरिरहेका थिए । भविष्यका लागि यो एउटा सम्झौता थियो । बा“च्नका लागि पनि बिछोडिनुपर्ने बाध्यता थियो।
    ‘हामी अब छुटिएर बस्नुपर्ने हुन्छ । यो सम्झि“दा पनि मन भारी भएर आउँछ,’ बिदेसिनु अघिल्लो रात नेहाले कमलको अ“गालोमा टा“सिएर भनेकी थिई । त्यो रात दुवैले भोलिको कल्पना गर्दै छर्लंग पारे । भोलिपल्ट एयरपोर्टमा बिदाइको हात नहल्लाउन्जेल पनि उनीहरू छुट्टिएनन् ।
    जब कमल विमानभित्र छि¥यो, उसको मन भरिएर आयो । अघिसम्म रोकेर राखेको आ“सु आ“खाबाट बर्र खस्न थाले । देश र मायालु एकैसाथ छाडेर जानुको पीडाले ऊ छटपटियो । तर, भविष्यको खातिर ऊ आफूलाई सम्हालिरहेको थियो । उता नेहा पनि आ“सु पुछ्दै डेरातिर लागेकी थिई ।
०००
 
यो एयरपोर्ट कमलका लागि नया“ थिएन । चार वर्ष पहिले यहीँ झरेको थियो । विमानबाट ओर्लेर जब ऊ बाहिर आयो । त्यसपछि उसले यहा“ कम्पनीको मान्छेलाई धेरै समयसम्म कुर्नुपरेको थियो । कम्ता पट्यारलाग्दो भएको थिएन त्यो समय । जो आए पनि आफूलाई लिन आएझैं लाग्ने । ट्याक्सी, जिप आयो कि मनमा एक किसिमको खुसी उत्पन्न हुने । यसमा त पक्का मलाई लिन आएको होला भन्ने सोच आउने । आ“खा थाकिसक्थे । कोही लिन आइपुग्दैनथे । पर्खाइ त्यति सजिलो भएन । झन्डै सात घन्टाको पर्खाइपछि उसलाई लिन आए।
    त्यो बीचमा उसले एयरपोर्टस“ग राम्रो चिनजान बनायो । त्यसपछि आजै हो आएको । प्रत्येक वर्ष बिदामा नेपाल आउन भनेर उसले टिकट लिन्थ्यो तर हि“ड्नेबेला कम्पनी साहुले उसलाई रोक्थ्यो । कामको लोड बढेको र कामदार कम भएकाले नजान भन्थ्यो । बरु तलब बढाइदिन्थ्यो । साहुले भनेपछि कसरी नमान्नू । ऊ रोकिन्थ्यो । यसरी नै चार वर्ष बित्यो ।
उडान ढिलो हुने सूचना आइरहेको थियो । एयरपोर्टमा नेपाली अनुहार प्रशस्त देखिन्थे । कोही आउ“दै, कोही फर्किंदै गरेका । भर्खरै आइपुगेकाहरू अलमलिएको देख्दा आफू आउ“दाको समय सम्झिन पुग्यो । यसरी नै पहिलोपटक आउने नेपाली अलमलिँदा हुन् भन्ने सोच्यो ।
त्यहीबेला आफ्नो अघिल्तिरबाट कफिन लाँदै गरेको देख्यो । कफिनभित्र मृत शरीर हुनुपर्छ । कुन देश पठाउ“दै छ भन्ने कुतूहलले उसले कफिनभरि आ“खा नचायो । उसले देख्यो, नेपाल लेखिएको रहेछ । मन भारी भएर आयो । जिउ चिसो भयो । आफूले काम गर्ने कम्पनीमा बर्सेनि नेपाली कामदार मरेको घटना उसको आ“खैसामु नाच्यो ।
    ‘कम्ता दुःख छैन यहा“ ! यति दुःख उहीँ गरे त कति हुन्थ्यो कति । हेर, कति यसरी लास भएर फर्किए,’ उसले मनमनै भन्यो । एकपटक आफूलाई नियाल्यो । लामो श्वास लियो र आफू सग्लो भएकामा भगवानलाई धन्यवाद पनि दिन भ्यायो । उडान हुने सूचना प्रसारित भयो । उसको फ्लाइटको समय भएको जानकारी आइरहेको थियो । सुनेर उसको मन उफ्रियो ।
    काठमाडौं पुग्नुअघि उसको निद्रा खुल्यो । काठमाडौं देखेर उसको मन खुसीले झुम्यो । प्लेनबाटै उसले आ“खाले भ्याउन्जेल हे¥यो । धित नमर्दै प्लेन एयरपोर्टको मैदानमा ओर्लियो ।
एयरपोर्टको प्रतीक्षालय भित्तामा टाँसिएको सूचनामा उसको आ“खा प¥यो । एचआइभीको विज्ञापन थियो । आ“खा त्यहा“ पर्नासाथ उसको मुटु एकछिन रोकिएझैं भयो । श्वास अवरुद्ध होलाझैं भयो । अनि आफूलाई धिक्कार्न थाल्यो । मनमनै भन्यो, ‘नेहालाई अब म कसरी मुख देखाऊ“ ?’
०००
उसले नेपाल छाडेको दुई वर्ष भएको थियो । साथीहरू घर वर्षमा एकपटक गएर आउन भ्याउ“थे। उसले भने छुट्टी पाएको थिएन । पाएको छुट्टीमा पनि घर जान पाएको हैन । त्यहीबेला साहुले कामदार कम भएको भनी उसलाई रोक्थ्यो । साहुले भनेपछि उसले मान्न करै लाग्थ्यो।
‘तिमी त घर पनि जान्नौँ । यता काम चलाउन पनि कहिलै गएका छैनौ । के हो तिमीमाथि त शंका गर्नुपर्ने भयो,’ यसरी कहिलेकाहीँ साथीहरू उसलाई जिस्काउ“थे । जसको जवाफ दिन उसलाई गाह्रो हुन्थ्यो । ऊ चुपचाप बसिदिन्थ्यो ।
धेरैले कर गरेपछि ऊ हार मानेर साथीहरूस“ग घुम्न गएको थियो । मन नभएको कहा“ हो र ? तर, भित्र कतै डर पसेको हुन्थ्यो । साथीहरूको दिनहु“को कचकच र गिल्लाले ऊ गइदियो । पहिलोपटक उसलाई असजिलो भएथ्यो । मन भए पनि अप्ठेरो मान्दै थियो । तर, पछि बानी नै प¥यो । त्यसपछि घर जान नपाएको दुखेसो कम हुन थाल्यो ।
उसलाई बानी लाग्यो । समय मिलाएर जान थाल्यो । चार महिनाअघि ऊ कमजोर भयो । तौल घट्दै गयो । जचाउ“दा आएको नतिजाले उसको होश उड्यो । कहिलेकाहीँ आफूले गरेको मर्जीका कारण उसले सजाय भोग्नुपर्ने भयो ।
०००

यतिबेला त्यही सम्झेर ऊ चिसियो । नेहालाई कसरी मुख देखाउने ? प्रश्न बनेर बिझाउ“थ्यो । उसमा एचआइभी पोजेटिभ देखिएको थियो । ऊ संक्रमित भएको थियो । यो कुरा लुकाउन पनि सकिन्नथ्यो । बताउनु पनि कसरी ? उसको हातगोडा गलेर आयो ।
उसले नेहालाई बोलाएको थियो । बाहिर आएर उसले नेहालाई खोज्यो । उसका आ“खाले हतारिएर हैन, आरामसाथ खोज्यो । नेहा कतै देखा परिन । उसले फेरि आ“खा चारैतिर दौडायो । अह“ कतै देखेन । हातको घडी हे¥यो । सात घन्टा ढिला भएको थियो । यति अबेरसम्म उसले पर्खिन सकिन होली । उसले मनमनै सोच्यो । तैपनि यतै कतै छ कि भनी उसले फेरि हेर्न भ्यायो ।
‘पक्कै पनि लिन आएकी थिई होली । मैले फोन गर्न नसक्नु मेरो कमजोरी हो ।’ उसले आफैलाई दोष दियो र ट्याक्सी चढेर मैतीदेवी आयो ।
मैतीदेवी चोकमा उभिएर उसले चारैतिर हेर्न भ्यायो । यही बाटोमा नेहास“ग ऊ धेरैपटक हि“डेको थियो ।
विदेश जानुअघि बसेको घरको सामुन्ने पुग्यो ऊ, जहा“ नेहा बस्थी । उसको कोठा भुइ“तलामै थियो । गह्रौँ झोला र मन लिएर ऊ आफ्नो कोठाछेउ पुग्यो । ढोकामा साँचो लगाइएको थिएन । उसले ढोका घचेट्न हात बढायो । काँपिरहेका हातले ढोका छोयो । तर, ढोका घचेट्न भने सकेन । निकैबेर पछि उसले ढोका घचेट्यो ।
ढोका बिस्तारै खुल्यो । कोठा रित्तो थियो, कुनै सामान थिएन । उसलाई अचम्म लाग्यो ।
हिजो मात्र कोठा छोडेको जानकारी घरबेटीले दिए । यो सुनेर उसको निधारमा पसिनाका धारा बगे । हिजो फोनमा कुरा भएकै थियो । नेहाले त कोठा छाड्ने कुरा गरेकी थिइन । उसको मन ढक्क फुलेर आयो । आफूले पठाएको १६ लाख रुपैयाँ सम्झियो । त्यसपछि फोन गर्न भनेर ऊ बेतोडले दौडियो ।
नेहाको फोन अफ थियो ।  

प्रकाशित: १६ वैशाख २०७४ ०४:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App