१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

चुनाव प्रचारमा शिक्षक र वालवालिका प्रयोग नगर्ने प्रतिवद्धता

बालवालिका प्रयोग नगर्न अनुरोध गर्दै मानवअधिकार आयोगका आयुक्त। तस्बिरः डिबी बुढा

जुम्ला– स्थानीय तहको चुनावको प्रचारप्रसारमा शिक्षक र बालबालिकालाई प्रयोग नगर्ने जुम्लाका राजनैतिक दलहरुले प्रतिबद्धता गरेका छन्।

उनीहरुले शिक्षकहरु प्रयोग गर्दा विद्यार्थीको पढाइमा अवरोध सिर्जना हुने र बालबालिका प्रयोग गर्दा वालअधिकारको हनन हुने भएकोले कुनै पनि निर्वाचनको काममा प्रयोग नगर्ने प्रतिवद्धता जनाएका हुन्।

राष्ट्रिय मानवअधिकार आयोग उपक्षेत्रीय कार्यालय जुम्लाद्वारा आयोजित मानवअधिकारको वर्तमान अवस्था, निर्वाचन अनुगमन र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा जुम्लाका राजनैतिक दलहरुले बालबालिका र शिक्षकको प्रयोग नगर्ने बताएका हुन्।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम, राप्रपा र नयाँ शक्ति नेपालले बालबालिका चुनावी प्रचारप्रचारका लागि प्रयोग नगर्ने प्रतिवद्धता जाहेर गरेका हुन्।

नेपाली कांग्रेस जुम्लाका सचिव कर्णबहादुर शाहीले निर्वाचन आचारसंहिता कार्यन्वयन गरे कसैको अधिकार हनन नहुने बताए। उनले भने, ‘कुनै दलले पनि शिक्षक र विद्यार्थीलाई चुनावी प्रचार प्रसारका लागि प्रयोग गर्न हुँदैन । उनले नेपाली काग्रेसले जिल्ला कार्य समितीको वैठक राखेर शिक्षक र बालबालिकालाई चुनाव प्रचार प्रसारमा परिचालन नगर्ने निर्णय गर्ने प्रतिवद्धता व्यक्त गरे। निर्णयको फोटोकपी राष्ट्रिय मानवअधिकार आयोग उपक्षेत्रीय कार्यालय जुम्लामा पठाउने बताए ।

निर्वाचन अवधिका कसले शिक्षक विद्यार्थी परिचालन गरेको बारे मानवअधिकार आयोग, नागरिक समाज र पत्रकारले अनुगमन गर्न सक्ने बताए। आफ्नो पार्टीमा १८ वर्ष नपुग्दै साधारण सदस्य समेत दिन नमिल्ने भएकोले बालबालिकाको प्रयोग हुनै नसक्ने ठोकुवा गरे।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य महेन्द्र मल्लले शिक्षक पार्टी प्रचारमा खटाउँदा गलत परम्परा बस्ने भएकोले कुनै पनि दलले शिक्षकलाई प्रयोग गर्न नहुनेमा जोड दिए। उनले भने, शिक्षक वालवालिकाको प्रयोग र परिचालन गरेर प्रचार प्रसार कार्यमा खटाउन माओवादी केन्द्रले प्रयास गर्दैन।

कसैले प्रयोग गरेको पाइएमा सम्बन्धीत निकायामा समयमै खबर गर्छ । उनले जिल्ला पार्टीको बैठकबाट निर्णय गर्न लगाएर राष्ट्रिय मानवअधिकार आयोगलाई जानकारी दिने वाचा गरेका छन् ।

संघीय समाजवादी फोरमका केन्द्रीय सचिवालय सदस्य वलिराज शाहीले चुनावी प्रचारका क्रममा वालवालिकाको प्रयोग गर्नु दुभाग्र्य हुने बताए । उनले भने, वालवालिका भविष्यका कर्णधार हुन । अहिले नै पार्टी कार्यकर्ताको रुपमा परिचालन गर्दा मानसिक स्थिती विगर्न सक्ने खतरा हुन सक्छ । त्यसैले वालवालिका र शिक्षक शिक्षिकाको प्रयोगमा सरोकारवालाले रोग लगाउनु पर्नेमा जोड दिए । आफ्नो पार्टीले कुनै पनि हालतमा वालवालिकाको प्रयोग नगर्ने प्रतिवद्धता जाहेर गरे ।  नयाँ शक्ति नेपालका भरतबहादुर बोहोराले वालवालिका प्रयोग गर्ने र मदिरा सेवन गर्ने कार्यलाई निरुत्साहित पार्ने खाले कार्यक्रम ल्याउने बताए । कर्णालीमा जुनसुकै कार्यक्रममा बालवालिकाको प्रयोग मुख्य चुनौतीको विषय बन्छ उनले भने, आगामी दिनमा बालवालिकाको प्रयोग गर्न नगराउने नयाँ शक्ति पार्टी सचेत छ ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले चुनावी प्रचारमा बालवालिका र शिक्षकको प्रयोग भेटिए कार्वाही गर्ने बताए। उनले वालवालिकाको प्रयोग गरेर वालअधिकारको हनन हुने कार्य नगर्न सबैलाई आग्रह गरे। राष्ट्रिय मानवअधिकार आयोगका सदस्य आयुक्त गोविन्द शर्मा पौडेलले कर्णालीमा जुनसुकै आन्दोलन वा कार्यक्रममा वालवालिकाको प्रयोग हुने गरेको प्रति दुःख व्यक्त गरे। उनले बालदिवस बाहेकका अन्य कुनै पनि कार्यक्रममा बालवालिकाको प्रयोग नगर्न अनुरोध गरे । निर्वाचन अवधी भरमा शिक्षक र बालवालिकालाई प्रचारमा प्रयोग गरेको बारेमा अनुसन्धान गर्न उपक्षेत्रीय कार्यालय कर्णालीलाई निर्देशन दिए ।

यसअघि कर्णाली आन्दोलनलगायतका पटक पटक भएका आन्दोलनमा वालवालिकाको प्रयोग गरिएको पाइएको थियो ।
 

प्रकाशित: २४ चैत्र २०७३ १०:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App