१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

संविधान संशोधन नगरी चुनाव हुन दिन्नौंः उपेन्द्र यादव

लहान– संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा एवं संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले राजनीतिक निकासका लागि संविधानमा आवश्यक संशोधन गर्नुपर्ने अडान फेरि दोह¥याएका छन्।

संविधान संशोधन नभई चुनाव हुन नदिने बताउँदै उनले सहज राजनीतिक निकासका लागि संविधान संशोधन आवश्यक रहेको भन्दै उनले संशोधनपछि मात्रै मुलुकमा शान्ति कायम हुने बताए । 

संघीय समाजवादी फोरमले लाहानमा आयोजना गरेको एक कार्यक्रमलाई मंगलबार लहानमा सम्बोधन गर्दै उनले अबको संघर्ष मधेस स्वायत राज्य निर्माणका लागि हुने बताए। 

अहिले निर्धारण गरिएको गाउँपालिका र नगरपालिको संख्याप्रती टिप्पणी गर्दै उनले भने, ‘५१ प्रतिशत जनसँख्या भएको मधेसमा पहाड र हिमालको तुलनामा आधा सिट मान्य हुन्न।’ ४९ प्रतिशत जनसंख्या भएको पहाड र हिमालमा ४ सय ७९ सिट निर्धारण हुने तर ५१ प्रतिशत जनसंख्या भएको मधेसमा २ सय ६५ सिट स्वीकार्नु आत्मघाती हुने उनको टिप्पणी थियो।

स्थानीय तहको चुनावमा सेना परिचालन गर्नु लोकतन्त्रकै उपहास भएको टिप्पणी गर्दै उनले भने ‘दलीय भागबण्डाको आधारमा स्थानीय तह कब्जा गर्ने षड्यन्त्र सफल हुन दिन्नौँ।’

प्रकाशित: २२ चैत्र २०७३ १४:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App