१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

निर्वाचन र संविधान संशोधन एकै समयमा हुन सक्दैनःबिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसानका पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले निर्वाचन बहिष्कार गर्ने अधिकार सबैमा भए तापनि सम्भव भएका स्थानमा निर्वाचन गरी बाँकी रहेका स्थानमा पछि गर्न सकिने बताएका छन्। 

भक्तपुरमा आइतबार आयोजित एक कार्यक्रममा नेता बिजुक्छेले निर्वाचन र संविधान संशोधन एकै समयमा हुने नसक्ने बताउँदै पहिले निर्वाचन र पछि संशोधनको विषयलाई संसद्मा पेस गरी छलफल गर्न सुझाव दिए । 
निर्वाचन आयोगले आचारसंहिता जारी गरे तापनि ठूला दलले त्यसको पालना नगरेको आरोप लगाउँदै सांसद बिजुक्छेले आचारसंहिता लागू गर्नेतर्फ आयोगको ध्यानाकर्षण गराए । 

राप्रपाले सत्ताको दुरुपयोग गर्दै आयोगको काममा प्रभाव पर्ने गरी सत्ता छाड्ने धम्कीपूर्ण भाषा प्रयोग गर्नु गलत हो भन्दै उनले सरकारले आयोगलाई प्रभावमा पार्नेभन्दा पनि स्वतन्त्र रुपमा काम गर्न दिनुपर्नेमा जोड दिए । रासस 

प्रकाशित: ६ चैत्र २०७३ ०८:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App